
प्रधानमन्त्री केपी शर्मा ओली बुधबार बिहानै चीनसँगको सीमा–नाका किमाथाङकालागि हिंडेका छन् । प्रधानमन्त्री ओलीलाई लिन बिहानै एमआइ–१७ हेलिकोप्टर बालुवाटार पुगेको थियो ।
बालुवाटारबाट प्रधानमन्त्री ओली, भौतिक पूर्वाधार मन्त्री बषन्त नेम्वाङ, राष्ट्रिय सभा बिधायन समितीका पर्शुराम नेगी, सासंद राजेन्द्रप्रसाद गौतम, प्रमुख राजनीतिक सल्लाहकार बिष्णु रिमाल, स्वकीय सचिव राजेश बज्राचार्य र चिकित्सक दिब्यासिंह सहितको टोली किमथाङका हिँडेका हुन् ।
यो टोलीमा प्रदेश–१ का मुख्यमन्त्री शेरधन राई र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल सहित सुरक्षा अधिकारी रहेका छन् ।
प्रधानमन्त्रीले चीनसँग सीमा जोडिएको भोटखोला गाउँपालिका–१ मा पर्ने किमाथाङका नाकाको अवलोकन गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री ओलीले झण्डै एक वर्षअघि त्यहाँ स्थापना भएको सीमा सुरक्षा पोस्ट (बीओपी) को निर्माणधीन भवनसँगै भन्सार कार्यालय र सुख्खा बन्दरगाहको अवलोकन गर्ने कार्यक्रम रहेको छ ।
संखुवासभा पुगेका बेला प्रधानमन्त्री ओलीले नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनाको अनुगमनसमेत गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओली बुधबार दिनभर संखुवासभामा रहने छन् ।
थप
oral tadalafil - cialis 20mg without prescription order generic cialis
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit
oral tadalafil - cialis 20mg without prescription order generic cialis