
नेपालको तीनदिने औपचारिक भ्रमण पुरा गरेर शुक्रबार फर्किएका भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेले शुक्रबार नेपाली सैनिक कमान्ड तथा स्टाफ कलेज, शिवपुरीमा गई, त्यहाँ तालिमरत शिक्षार्थीहरुलाई सम्बोधन गर्दै आफ्नो लामो सैनिक सेवाबाट प्राप्त उपयोगि अनुभवहरुका बारेमा सुनाएका थिए ।
उनले तालिमरत शिक्षार्थीहरुलाई उनले समयको महत्व र आफ्नो सफलताका साथै आफुले कार्यक्षेत्रमा पाएको अनुभव साटासाट गरेका थिए ।
प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा नेपाल आएका भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणे नेपाली सेनाको मानार्थ महारथीको ओहदा लिएर फर्किएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रभुराम शर्माले बिदाई गरेका छन् ।
नेपाल भ्रमणकाक्रममा जनरल नरवणेले प्रधानमन्त्री तथा रक्षा मन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटघाट गरेका थिए ।
यस्तै बिहीबार उनले राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक समारोहमा राष्ट्रपति बिद्यादेबी भण्डारीबाट नेपाली सेनाको मानार्थ महारथीको दर्जाबाट सुशोभित गरेकी थिइन् ।
उनको सम्मानमा नेपाली सेनाका प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाले जङ्गी अड्डामा रात्रीभोज आयोजना गरेका थिए । रक्षा सचिव, परराष्ट्र सचिव तथा भूतपूर्व प्रधान सेनापतिहरुको उपस्थिति रहेको उक्त रात्रीभोजको दौरान दुवै प्रधान सेनापतिहरुले दुई सेनाबीचको परम्परागत सम्बन्धको चर्चा उक्त सम्बन्ध सुदृढ गर्नमा यो भ्रमण फलदायी भएको उल्लेख गरेका थिए ।
जङ्गी अड्डामा भएको औपचारिक भेटवार्तामा दुई प्रधान सेनापतिबीच आपसी सुरक्षा चासोका विषयहरुमा खुला छलफल भएको थियो । भेटवार्ताकै क्रममा, विद्यमान सुरक्षा बैठक अन्तर्गत दुई सेनाबीच उच्चस्तरीय भ्रमण र तालिमहरु लगायत अन्य सहयोगका क्षेत्रमा थप विस्तार गर्ने विषयमा समेत छलफल भएको थियो ।
यस भ्रमणले दुई देशबीच रहंदै आएको सौहार्दपूर्ण सैनिक सम्बन्धलाई अझ सुमधुर एवम विस्तार गर्न थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
भारतीय सेनाध्यक्ष जनरल नरवणे भ्रमणमा पर्दाफासको कभरेजः
थप
tadalafil 10mg oral - buy tadalafil 40mg for sale cialis 40mg usa
उनी सल्लाहकार अघि अर्थमन्त्री, त्यसअघि गभर्नर र झन त्यसअघि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष थिए ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit
tadalafil 10mg oral - buy tadalafil 40mg for sale cialis 40mg usa