Tuesday, 08 October 2024 | २०८१ असोज २२, मङ्गलबार

हल्लाकै भरमा बढदै छ लजालु रेड पाण्डाको सिकार

बन्यजन्तुको सोधकर्ताहरुका अनुसार काठमाडौंमा रेडपाण्डा महँगोमा विक्री हुने हल्लाकै भरमा पछिल्लो आधा दशक देखि यो लजालु र अति सुन्दर जनावर अनाहकमा मारिने गरेका छन् ।

महानगरीय अपराध महाशाखाले शुक्रबार विश्वमै दुर्लभ जनावरमध्ये एक हाब्रे (रेड पाण्डा) को छाला सहित ६ जनालाई पक्राउ गर्‍यो । 
महाशाखाले महालक्ष्मी नगरपालिका–४ ईमाडोलबाट करिब ३ ईन्च लम्बाइ र १ फिट चौडाई भएको १ थान बयस्क  रेड पाण्डाको छाला सहित ६ जनालाई पक्राउ गरेको हो  ।

पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक जुगल गाउँपालिका–२ ठेगाना भएका ४३ वर्षीय सुनिल गोले, भक्तपुर ठिमी बस्ने सिन्धुपाल्चोक बलेफी गाउँपालिका–४ भर भएका २४ वर्षीय प्रकाश तामाङ, ललितपुर टिकाथली बस्नेहरु भोजपुर ट्याम्केमैयु गाउँपालिका–२ घर भएका ४१ वर्षीय सन कुमार राई, खोटाङ दिक्तेल नगरपालिका–३ घर भएका १८ वर्षीय किशोर, ललितपुर इमाडोल बस्नेहरु ताप्लेजुङ फक्तङलुङ गाउँपालिका–४ घर भएका ३५ वर्षीय दिपक लिम्बु र सिन्धुली तिनपाटन गाउँपालिका–३ घर भएका २४ वर्षीय अम्बर बहादुर तामाङ रहेका छन्।

महाशाखाको अनुसन्धानमा उनीहरुले पूर्वी पहाडबाट काठमाडौंमा महँगोमा बेच्न रेड पाण्डाको छाला ल्याएका थिए । सिन्धुपाल्चोक र भक्तपुरमा बस्नेहरुले चीनमा यसको मुल्य अघिक हुने भएकाले बेचबिखनको चाँजोपाँजो मिलाएका थिए । 

विशेष सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले ललितपुर महालक्ष्मी नगरपालिका–४ ईमाडोलस्थित दिपक लिम्बुको कोठाबाट उक्त छाला सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको थियो ।

उनीहरुलाई आवश्यक कारबाहीको लागि आइतबार जिल्ला वन कार्यालय ललितपुर पठाइएको महाशाखाले जनाएको छ ।

उनीहरुले महाशाखाको प्रारम्भीक बयानमा खरिदकर्ता र बिक्री मूल्य दुबै यकिन साथ बताउन सकेन्न् । 

बन्यजन्तुको सोधकर्ताहरुका अनुसार काठमाडौंमा रेडपाण्डा महँगोमा विक्री हुने हल्लाकै भरमा पछिल्लो आधा दशक देखि यो लजालु र अति सुन्दर जनावर अनाहकमा मारिने गरेका छन् । 

प्रहरीले २०७३ मा  एकै स्थानबाट नौ थान रेडपान्डा  छालासहित चार जनालाई पक्राउ गरेको थियो । एकैदिन एकैस्थानबाट बरामद संख्या यो अहिलेसम्मकै बढी थियो तर बरामदको घटना पहिलो भने होइन।

जिल्ला वन कार्यालय, काठमाडौंका अनुसार पछिल्लो सात वर्षमा एकसय थान भन्दा बढि  हाब्रेका छाला उपत्यकाका विभिन्न स्थानबाट बरामद भइसकेका छन् । यसमा  संलग्न २ सय ३०  जनालाई कानुनी दायरामा पनि ल्याइएको छ। 

सानो, अति सुन्दर र लजालु स्वभावको यो जन्तुको चोरीसिकारी र छालातस्करी बर्सेनि बढिरहेको छ । तर यसको तस्करीको गन्तब्य र मुख्य खरिदकर्ता हालसम्म पर्दा पछाडी नै छन् । 

आखिर किन गरिन्छ त हाब्रेको चोरीतस्करी? कति मूल्यमा कहाँ बेचिन्छ यसका छाला? अनि के काममा प्रयोग गरिन्छ? यसबारे भने न पक्राउ परेकालाई थाहा छ, न पक्राउ गर्नेलाई।

पक्राउ परेकाहरु भन्छन– ५ लाख ५० हजार रुपैयाँका दरले बिक्री हुने सुनेका छौं। कसले किनिदिन्छ, कहाँ बिक्री हुन्छ? यो भने उनीहरुलाई पनि थाहा छैन।

प्रहरी र वन अधिकारीको अहिलेसम्मको अनुभवले भन्छ– हल्लै हल्लाका भर, अनाहकमा रेडपान्डा मारिइरहेका छन् ।  यसको छाला बहुमूल्य पुष्टि हुने र किनबेच भइरहेको कुनै आधार अहिलेसम्म भेटिएको छैन।

व्यापारको शून्य संकेत रहेको रेडपान्डा सिकार गर्दा कस्तो कानुनी कारबाही हुन्छ भन्ने सर्वसाधारणमा जानकारी नहुनु चोरीसिकार बढ्नुको प्रमुख कारक हो। यसको बजार मूल्य धेरै छ भन्ने हल्ला पनि सिकारको अर्को कारण रहेको आँकलन सोधकर्ता तथा अनुसन्धानकर्ताले गरेका छन् । 

उनीहरुका अनुसार हाब्रेको  छाला तस्करीमा संलग्न अभियुक्त हरेक घटनामा फरक छन्, कहिल्यै दोहोरिएका छैनन् । 

महाशाखाका अनुसार शुक्रबार छालासहित पक्राउ परेका ६ जना फरकफरक जिल्लाका छन् । छाला महँगोमा बिक्री हुन्छ भन्ने सुनेका आधारमा ६ जना छाला संकलनमा सक्रिय थिए तर चारै जनालाई कसले कतिमा खरिद गर्छ, यसबारे कुनै जानकारी छैन।

सोधकर्ताहरुका अनुसार २५ वर्षअघि प्रकाशित चिनियाँ पुस्तकमा चीनको हेनान प्रान्तका महिलाले रेडपान्डाको टाउकोसहितको छाला पहिरिने गरेको उल्लेख छ। त्यसबाहेक यसको प्रयोगबारे कुनै तथ्य फेला परेको छैन् । 

चीन र भारतीय सीमा, अन्तर्राष्ट्रिय विमानस्थल र वन्यजन्तुका अंग बरामद हुने घटनामा पनि रेडपान्डा छाला बरामद भएको छैन, विभिन्न स्थानबाट काठमाडौं नै ल्याइएको पाइएको छ । यसले पनि यो सुन्दर र लजालु जन्तु हल्लैहल्लाका कारण सिकार भइरहेको तर्फ संकेत गर्छ । 

कुनै विशेष प्रयोजन छिमेकी देशमा हुने भए रसुवाबाट काठमाडौं लिएर आएका यहाँ पक्राउ पर्ने थिएनन् ।  चीनको सीमा तीन किलोमिटर मात्र रहेको स्थानबाट प्रहरीले काठमाडौं ल्याउँदै गरेको छाला बरामद गरेको छ, यसको कुनै बजारमूल्य छैन, हल्लाका भरमा सिकार र ओसारपसार भइरहेको छ । 

कस्तो जन्तु हो रेडपाण्डा?

रेडपान्डा पहाडी क्षेत्रमा पाइने लजालु स्वभावको सानो जनावर हो। यसको आयु ८ देखि १० वर्षसम्म हुन्छ र यसको औसत तौल सातदेखि १२ केजीसम्म हुन्छ।

रेडपान्डाको मुख्य बासस्थान दक्षिणपश्चिम चीनको हिमाली क्षेत्र हो। बिरालोभन्दा केही लामो हुने यो जातिको जनावरको रौं फिक्का खैरो हुन्छ। बाँस रुचाउने यो प्रजातिको जनावरले अन्डा, विभिन्न साना किराफट्यांग्रा पनि खाने गर्छ।

रेडपान्डा निकै सोझो र सजिलै सिकार गर्न सकिने जन्तु हो। निगालो र पानी खाएपछि यो जन्तु मादकपदार्थ सेवन गरेजस्तै लठ्ठ हुने गर्छ। रेडपान्डालाई लोपोन्मुख प्रजातिको रुपमा संरक्षित जनावरको सूचीमा राखिएको छ।

यो प्रजातिको जनावरको संख्या विश्वमा १० हजारभन्दा कम रहेको अनुमान गरिएको छ भने प्रत्येक दशकमा १० प्रतिशतले कम हुँदै जाने अनुमान विश्व वन्यजन्तु कोषले यसअघि नै गरिसकेको छ।

हाल नेपालमा ३ सयदेखि ५ सयको संख्यामा रेडपाण्डा रहेको अनुमान गरिएको छ।

रेडपान्डा नेपालसहित एसिया महाद्वीपका अन्य चार देशमा पाइन्छ। नेपालसहित भारत, भुटान, म्यानमार र चीनमा यसको उपस्थिति छ। नेपालमा यसको संख्या २ सय ३७ देखि एक हजार ६१ रहेको तथ्यांक छ। नेपालका ३६ जिल्लामा रेडपान्डाको उपस्थिति देखिए पनि २४ जिल्लामा मात्र बासस्थान रहेको प्रमाण अनुसन्धान र संरक्षणमा क्रियाशील रेडपान्डा नेटवर्कसँग छ।


 

प्रतिक्रिया

1
  • Ubdkpf

    फाल्गुण ४, २०७८

    buy cialis 40mg - tadalafil 5mg for sale order tadalafil 20mg sale

प्रतिकृया थप्नुहोस्
  • Ubdkpf

    फाल्गुण ४, २०७८

    buy cialis 40mg - tadalafil 5mg for sale order tadalafil 20mg sale

प्रतिकृया थप्नुहोस्
सम्बन्धित समाचार सबै

EXCLUSIVE File Story: अर्बौं राजस्व छली, मधेशमा ‘मुर्गा’ खोज्दै दलाल

‘उनी एक्लै होइनन्, संयौं युवाहरु यस्ता गिरोहको सिकार भएका छन्,’ महानिर्देशक मैनालीले भने, ‘उहाँहरु मार्फत हामी मुख्य ब्यक्तिसम्म पुग्ने प्रयास गरिरहेका छौं ।’

कार्तिक २५, २०७७