Tuesday, 08 October 2024 | २०८१ असोज २२, मङ्गलबार

फाइल स्टाेरीः अन्तर्राष्ट्रिय माफिया दाउद र छोटा राजनका सहयोगीलाई नेपाली नागरिकता, नेपालमै करोडौंको सम्पत्ति

यो तस्वीर ग्राफिक्स गरिएको हो ।

भारतको मुम्बईका ठुला ब्यापारीलाई धम्काएर रकम असुल्दै आएका लकडावाला सर्वाधिक खोजीमा रहेका दाउद इब्राहिम र छोटा राजन समुहका प्रमुख सदस्य हुन् । अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को रेड नोटिसमा रहेका लकडावाला १७ वर्षदेखि नेपालमा नेपाली नागरिकका हैसियत कारोबार समेत गर्दै आएका थिए ।

 

नेपाल प्रहरीले करिब एकवर्ष अघि ललितपुरबाट पक्राउ गरेर भारतीय प्रहरीलाई बुझाएका कुख्यात अपराधी इजाज लकडावालासँग नेपाली नागरिकता, राहदानी र करोडौंको सम्पत्ति नेपालमा रहेको खुलेको छ । 

 

भारतको मुम्बईका ठुला ब्यापारीलाई धम्काएर रकम असुल्दै आएका लकडावाला सर्वाधिक खोजीमा रहेका दाउद इब्राहिम र छोटा राजन समुहका प्रमुख सदस्य हुन् । अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को रेड नोटिसमा रहेका लकडावाला १७ वर्षदेखि नेपालमा नेपाली नागरिकका हैसियत कारोबार समेत गर्दै आएका थिए । 

 

उनी सन् २००३ मा राहुल अहमदका नामले नेपाल प्रवेश गरेका थिए । उनले राहुल रहमान, रहमान शैयद र चौधरी भाईजानका नामले समेत विभिन्न देशमा आफुले चिनाउथे ।  

 

पर्दाफासलाई प्राप्त कागजपत्र अनुसार लकडावालालाई जिल्ला प्रशासन कार्यालय चितवनले रत्ननगर–१ स्थायी निवासी बनाएर लक्ष्मण चौधरीका नाममा नागरिकता दिएको थियो । ०६ चैत २०६३ मा जारी गरिएको नागरिकता प्रशासकिय अधिकृत रामचन्द्र शर्माले जारी गरेका थिए ।

 

लकडावालाको नागरिकता प्रमाणपत्र नम्बर ३५३०२०/२०३३ रहेको छ । चितवन प्रशासनले लकडावालाकी श्रीमतीलाई रेखा चौधरीका नाममा नागरिकता दिएको छ । 


मुम्बई प्रहरीका एक वरिष्ठ अधिकारीका अनुसार लकडावालाले तीन लाख रुपैयाँ खर्च गरेर नागरिकता लिएको बयान दिएका छन् । यही नागरिकताका आधारमा उनले आफु र श्रीमतीको राहदानी लिएका थिए । 

 

जावलाखेलस्थित गुण हाउजिङको अर्पाटमेन्टमा बस्ने लकडावालाले सानेपास्थित बज्र एण्ड सांग्रिला अर्पाटमेन्टमा दुईवटा फल्याट खरिद गरेका छन् । सानेपा ठाडो ढुङगामा रहेको यो अर्पाटमेन्टमा एउटा फल्याटकै मूल्य दुई करोड भन्दा बढि रहेको छ । उनले श्रीमती रेखाका नाममा खरिद गरेका घरहरुमध्ये एउटा भाडामा दिएका छन् । एउटा उनले प्रयोग गरिरहेका थिए । 

 

 

नेपालमा एकजना स्वयम्भु क्षेत्रमा बस्ने नेवार युवाको सहयोगमा ठमेल क्षेत्रमा स्टोनको कारोबारी बताउने लकडावालाले भारतका विभिन्न शहरमा रहेका आफ्ना सहयोगी मार्फत ठुला बिल्डर्स र ब्यापारीसँग रकम असुली गरिरहेका थिए ।

 

मुम्बईमा मात्र २७  आपराधिक घटनामा सर्वाधिक खोजीमा रहेका उनले अर्वो रुपैयाँ धम्काएर उठाएको अनुमान गरिएको छ । सो रकम उनले नेपालमा लगानी गरेको आशंकामा भारतीय पक्षले अनुसन्धान गरिरहेको हो । 


लकडावालाको रकम नेपालमा रहेका केही बैंकर, बिल्डर्स र ठमेल केन्द्रित ब्यापारीहरुले चलाएको आशंका छ । यस बिषयमा अनुसन्धान भइरहेकाले अनुसन्धान अधिकारीले थप खुलाउन चाहेनन् । 

 


सीआईबीले लकडावालाका सहयोगी पक्राउ गरेपनि उनलाई समाएन 

 

मुम्बई प्रहरीले लकडावाला नेपालमा परिचय लुकाएर बसेको हुनसक्ने आशंकापछि यस बिषयमा पहिलो सूचना केन्द्रीय अनुसन्धान ब्यूरोलाई दिएको थियो ।

 

मुम्बई प्रहरीबाट हालै मात्र अवकाश पाएका एक वरिष्ठ अधिकारीले ब्यूरो तत्कालिन प्रमुख एआईजी निरजबहादुर शाहीलाई भेटेर नै लकडावालालाई पक्राउ गर्न सहयोग गर्न आग्रह गरेका थिए । 

 

शाही ब्यूरोका निर्देशकका हैसियतमा मुम्बईमा रहेका समय त्यहाँका सुरक्षा अधिकारीहरुले आग्रह गरेका थिए । मुम्बईमा भएको भेटमा सकारात्मक जवाफ दिएका शाहीले नेपाल फर्केपछि भने लकडावाला पक्राउ गर्न खासै तत्परता देखाएनन् । 

 

ब्यूरोका एक अधिकारीका अनुसार त्यतीबेला नै लकडावालाका एकजना नेपाली सहयोगीलाई नियन्त्रणमा लिएर सोधपुछ गरिएको थियो । एआईजी बढुवाको तयारीमा रहेका शाहीले एकाएक ती सहयोगीलाई रिहागर्दै लकडावाला पक्राउ अभियान रोकेका थिए ।

 

ती अधिकारीका अनुसार तत्कालिन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको सल्लाहमा उनले लकडावालालाई त्यतिबेला पक्राउ गर्न उचित ठानेन्न् ।  

 

भारतीय सुरक्षा अधिकारीको फोन समेतको जवाफ दिन शाहीले छाडेपछि मुम्बई प्रहरीले विशेष ब्युरोका अधिकारीहरुसँग सम्पर्क बढाउनुका साथै सूचना दिन थालेका थिए।

 

यसका लागि नेपालस्थित भारतीय दूतावासले मध्यस्थता गरेको अवकाशप्राप्त ती भारतीय सुरक्षा अधिकारीले पर्दाफासलाई बताए । 

 

नेपालबाट यसरी लगियो भारत 

 

प्रहरीको विशेष ब्युरोका अधिकारीहरुले ११ पुस २०७६ मा नियन्त्रणमा लिएका लकडावालालाई भारतीय सुरक्षाकर्मीले २४ पुस २०७६ मा मुम्बईमा सार्वजनिक गरेको थियो ।

 

मुम्बई प्रहरीका तत्कालिन प्रमुख संजय बाभ्रेले लकडावाला सार्वजनिक कार्यक्रममा उनलाई बिहार राज्यको पटनामा पक्राउ गरेको जानकारी दिएका थिए । 


लकडावाला नेपालमा रहेको सूचना भारतीय प्रहरीले दिएको दुई दिनमै उनका एकजना नेपाली सहयोगी पच्छयाँउदै नियन्त्रणमा लिन ब्यूरो सफल भएको थियो । 

 

उनलाई एकजना एसपीको नेतृत्वमा रहेको टोलीले नियन्त्रणमा लिनासाथै प्राईभेट नम्बर प्लेटको गाडीमा राखेर दक्षिणकाली हुँदै वीरगञ्ज सीमासम्म लगेको थियो ।

 

लकडावाला पक्राउ परेको सूचना पाउना साथै मुम्बई प्रहरीको क्राइम ब्रान्च एन्टी एक्स्टोर्सन सेलले रातारात पटना लगेर त्यहाँबाट मुम्बई पुर्याएको थियो ।

 

मुम्बई प्रहरीले उनलाई केही दिन सेफ हाउसमा राखेर उनका सहयोगीका बिषयमा सोधपुछ गरेपछि मात्र उनी पक्राउ परेको जानकारी सार्वजनिक गरेको थियो । 

 

लकडावालाले पछिल्लो समय भारतीय ब्यापारीहरु खालिद बसाईवाला र साहपुरका अग्रवाल बिल्डर्सलाई धम्काएर रकम असुलेपछि मुम्बई प्रहरीको टोली उनको खोजीमा जुटेको थियो ।

 

१६ वर्षअघि क्यानडामा इन्टरपोल नोटिसका आधारमा पक्राउ परेका लकडावाला त्यसपछि कहाँ गए मुम्बई प्रहरीका लागि खोजीको बिषय थियो । प्रविधीको प्रयोगगर्दै ब्यापारी धम्काउनेक्रम नरोकिएपनि लकडावालाको अत्तोपत्तो नपाएको मुम्बई प्रहरीले उनी नेपालमा हुनसक्ने आशंका गरेको थियो ।

 

२१ वर्ष अघिको तस्वीर र केही सूचना मात्र पाएको मुम्बई प्रहरीले लकडावालाकी छोरी सोनिया चौधरीका नाममा यात्रा गरिरहँदा मुम्बई अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ गरेको थियो । 

 

मुम्बई प्रहरीले लकडावालाका बिषयमा सूचना जुटाउन उनका भतिजा समिर लकडावालालाई १० महिनाअघि पक्राउ गरेको थियो । 

 

दाउद र छोटा राजनका खास लकडावाला

 

बिद्यालय जीवनमा आफ्ना शिक्षकलाई कम्पासले हानेर घाईते बनाएको आरोपमा पक्राउ परेका लकडावालाको अपराध यात्रा यहीबाट सुरु हुन्छ ।

 

सन् १९८७ मा डकैतीको आरोपमा पक्राउ परेर बाल सुधार गृहमा राखिएका उनले त्यही दाउद र छोटा राजनका मान्छेहरुसँग सम्पर्क बढाएका थिए । 

 

बाल सुधार गृहमा छुटेर घर नगई दाउदको शरणमा पुगेका लकडावाला त्यसपछि त्यही समुहका वरिष्ठ सदस्यको हैसियत बनाउन पुगे । 

 

तर, सन् १९९३ मा मुम्बईमा भएको श्रृंखलावद्व बम बिस्फोटपछि दाउद र छोटा राजन समुह अलग भए । लकडावाला छोटा राजन समुहमा लागे ।

 

उनले यही बिस्फोटका एकजना आरोपीका भाईलाई सन् १९९८ मा गोली हानेर हत्या गरे । त्यसपछि जेजे अस्पतालबाट भागेका लकडावालालाई सन् २००२ मा बैंककमा देखिएको थियो । 


छोटा राजनलाई लक्षित गरि बैंककमा दाउद समुहले अन्धाधुन्ध गोली प्रहार गरेको थिए ।

 

जसमा लकडावालालाई आधा दर्जन बढि गोली लागेको थियो । त्यतीबेला नै उनको मृत्यु भएको आशंका मुम्बई प्रहरीले गरेको थियो । तर उनलाई सन् २००४ मा क्यानडा प्रहरीले ओटावामा पक्राउ गरेपछि लकडावाला जिँउदै रहेको पुष्टि भयो । 


क्यानडा प्रहरीले केही समयमा रिहा गरेपछि उनी उत्तर अमेरिका र  दक्षिण पूर्वी एशियामा सक्रिय थिए । सन् २००८ मा छोटा राजन समुह छाडेका लकडावालाले त्यसपछि भाई अकिल, भतिजा समिर, तारिक परविन र सलिम महाराज भनिने सलिम पेनवालाको सहयोगमा मुम्बईमा आपराधीक घटना गरिरहेका थिए । 


यो समुहले ठुला ब्यापारीसँग रकम माग्ने नदिए उनैलाई वा परिवारका सदस्यलाई गोली हान्ने गरेको थियो । 

प्रतिक्रिया

6
  • QYrxJpDcWL

    कार्तिक ७, २०७७

    phEfJrwS

  • xmkIiOXv

    कार्तिक ७, २०७७

    ofmrlMEC

  • vhjmjwbss

    जेठ १५, २०७८

    फाइल स्टाेरीः अन्तर्राष्ट्रिय माफिया दाउद र छोटा राजनका सहयोगीलाई नेपाली नागरिकता, नेपालमै करोडौंको सम्पत्ति - Pardafas [url=http://www.g9z04z9hj6u24cu98r3qg2604g0uo5vvs.org/]uvhjmjwbss[/url] vhjmjwbss http://www.g9z04z9hj6u24cu98r3qg2604g0uo5vvs.org/ avhjmjwbss

  • Maqkvx

    फाल्गुण ४, २०७८

    purchase cialis sale - cialis black buy cialis 20mg

  • Abertrip

    फाल्गुण २१, २०७८

    коли закінчиться війна в україні коли закінчиться війна коли закінчиться війна в україні 2022

  • Abrtrip

    चैत १, २०७८

प्रतिकृया थप्नुहोस्
  • QYrxJpDcWL

    कार्तिक ७, २०७७

    phEfJrwS

  • xmkIiOXv

    कार्तिक ७, २०७७

    ofmrlMEC

  • vhjmjwbss

    जेठ १५, २०७८

    फाइल स्टाेरीः अन्तर्राष्ट्रिय माफिया दाउद र छोटा राजनका सहयोगीलाई नेपाली नागरिकता, नेपालमै करोडौंको सम्पत्ति - Pardafas [url=http://www.g9z04z9hj6u24cu98r3qg2604g0uo5vvs.org/]uvhjmjwbss[/url] vhjmjwbss http://www.g9z04z9hj6u24cu98r3qg2604g0uo5vvs.org/ avhjmjwbss

  • Maqkvx

    फाल्गुण ४, २०७८

    purchase cialis sale - cialis black buy cialis 20mg

  • Abertrip

    फाल्गुण २१, २०७८

    коли закінчиться війна в україні коли закінчиться війна коли закінчиться війна в україні 2022

  • Abrtrip

    चैत १, २०७८

प्रतिकृया थप्नुहोस्
सम्बन्धित समाचार सबै