Tuesday, 08 October 2024 | २०८१ असोज २२, मङ्गलबार

न्यायाधीश नियुक्ती प्रक्रिया नै गलत भएकाले न्यायालयमा भ्रष्टाचार बढ्याे: कानून मन्त्री 

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले काठमाडौंका जिल्ला न्यायाधीश राजकुमार कोइरालाको घुस लेनदेनबारेको अडियोबारे छानबिन भईरहेको बताएका छन् । 

 

मन्त्री कोइरालाले जिल्ला न्यायाधीश कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउनका लागि घुस लेनदेनबारे अडियो सार्वजनिक भएकाले त्यसको सत्यतथ्य पत्ता लगाउन छानबिन समितिनै गठन गरिएको स्पष्ट पारे । 

 

बिहीबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा उनले न्यायालय सुधारका लागि सरकारले अभियाननै संचालन गरेको दावी समेत गरे ।

 

न्यायाधीशको नियुक्ती नै गलत ढंगले हुने भएकाले न्यायालयमा विकृति र विसंगति बढदै गएको उल्लेख गर्दै मन्त्री कोइरालाले त्यसलाई हटाउनका लागि सरकारले निर्देशिका बनाउने कामलाई अघि बढाएको बताए । 

 

उनले भने, ‘विगत केही समयदेखि यतिधेरै न्यायलयहरुप्रतिको आस्था गिर्दै गएको छ । जुन अडियो बाहिर सार्वजनिक भएको छ । त्यसको सत्यतथ्य खोजविन गर्दैछौं । कति ठिक, कति बेठिक भनेर छानबिन गर्न समितिनै गठन गरिएको छ ।

 

त्यो घटना बाहेकलाई हेर्ने हो पनि न्यायालय भित्र विकृति र विसंगति थियो । त्यसका विरुद्ध आन्दोलन पनि भयो । त्यसलाई सुधार गर्नका लागि अभियाननै संचालन गरिएको छ । त्यसको सुरुवात नियुक्ती बाटै हुने भएकाले सुधारका लागि निर्देशिका बनाउने काम सुरु गरिएको छ ।’

 

मन्त्री कोइरालाले न्यायालय भित्रको गिर्दे आस्थालाई जोगाउन सरकार लागि परेको पनि बताए । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै