Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

नेपालले अफगानिस्तानलाई मानवीय सहायता पठाउँदै

नेपालले हिमालय एयरलाइन्सको चार्टर्ड फ्लाइटबाट सहायता सामग्री पठाउने भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार अफगान नागरिकहरुलाई खाद्यान्न, लत्ताकपडा र औषधि सहयोग गर्न लागिएको हो । 

 

आइतबार परराष्ट्रको टोली काबुल प्रस्थान गर्ने भएको छ । सहयोग लिएर परराष्ट्र मन्त्रालयका सहसचिव सेवा लम्सालसहितको टोली लिएर जाने भएको छ ।

 

परराष्ट्रमन्त्री डा. नारायण खड्काले काबुल जाने टोलीलाई आइतबार बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बिदाइ गर्ने तय भएको छ । उक्त टोलीले काबुलस्थित संयुक्त राष्ट्रसंघीय अधिकारीलाई मानवीय सहायता हस्तान्तरण गर्ने कार्यक्रम छ । 

 

अमेरिकी सेना फिर्ता भएसँगै हाल अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेको छ । तालिबान नेतृत्वको नयाँ सरकार आए पनि अन्तर्राष्ट्रिय सहयोग नहुँदा त्यहाँ आर्थिक संकट उत्पन्न भएको छ । 
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै