
ग्लोबल इन्भेष्टिगेटिभ जर्नालिज्म नेटवर्क (जीआइजेएन) को नेतृत्वमा विश्वभर छरिएर रहेका खोज पत्रकार, लेखक, संम्पादक र अनुसन्धानकर्ताहरु यही सोमबारदेखि पाँचदिनसम्म अनलाइन मार्फत खोज पत्रकारिताको ‘महा मेला’ मा सहभागी भइरहेका छन् । यो अदभुत ‘महामेला’ मा पत्रकारितामा परिपक्कदेखि खोज पत्रकारिताका नयाँ उत्साही समेत एउटै थलोमा बसेर आफुले लेखेका, लेख्ने र सम्भावित बिषयमा बिचार बिमर्स गर्नेछन् । खोजपत्ररिताका विभिन्न ‘टुल’ हरुमा बिषयमा सिक्नेछन्–सिकाउनेछन् ।
यो अदभुुत ‘महामेला’ को सुरुवात कसरी भयो । र अहिलेसम्मको यसको यात्रा कस्तो रह्यो भन्ने बिषयमा जीआइजेएनका कार्यकारी निर्देशक डेविड ई कपलानले लेखेको आलेख पर्दाफासले हिन्दी संस्करणबाट भावनुवाद गरेको छ ।
तस्बीरमा निल्स मुलवाड (बीच), ब्रेंट ह्यूस्टन (बायाँ) र जियानिना सेग्निनी स् खोजी पत्रकारिताका बिषयमा विचार–विमर्श गर्दैं ।
सन् २००० तिरको कुरा हो, निल्स मुलवाडले डेनमार्कको आरहुसस्थित आफ्नो घरमा करिब सय पत्रकारलाई आमन्त्रित गरे । विशेष अतिथिका रुपमा ब्रेन्ट ह्युस्टन पनि थिए । यस क्रममा कम्प्युटरको सहयोगबाट रिपोर्टिङको बढ्दो महत्वमाथि विशेष ध्यान दिनुपर्ने बारेमा महसुस गरियो । पत्रकारिताको नयाँ खोजीका तरिकाबारे पनि छलफल भयो ।
ब्रेन्ट ह्युस्टनले मिसौरीमा कम्प्युटरको सहायताबाट रिपोर्टिङ (सीएआर) लाई बढावा दिने जिम्मेवारी लिएका थिए । उनी खोजी पत्रकारको यूएसमा आधारितसंगठन इन्भेष्टिगेटिभ रिपोर्टर्स एन्ड एडिटर्स (आईआरई) सञ्चालन गर्थे । यस संगठनले नेशनल इस्टिच्युट अफ कम्प्युटर एसिस्टेड रिपोर्टिङको गठन गरेको थिया । यस अन्तर्राष्ट्रिय दृष्टिकोणले आकर्षक पनि थियो ।
निल्स मुलवाडले सन् १९९६ मा आईआरई बुट क्याम्पमा भाग लिएका थिए । त्यसबेलादेखि उनलाई सीएआरप्रति आकर्षण बढेको थियो । उनले ‘डेनिश इन्टरनेशनल सेन्टर फर एनालिटिकल रिपोर्टिङ’ को पनि स्थापना गरे । उनी पूरै युरोपमा सहयोगहरुलाई डेटा पत्रकारिताको बारेमा बताउन थाले । उनको वार्षिक कार्यक्रम अब आधा दर्जन देशका पत्रकारहरुलाई आकर्षित गरिरहेको थियो । निल्स मुलवाड र ब्रेन्ट हयुस्टन अब भविष्यको बारेमा सोच्न थालेका थिए ।
‘के अर्को चोटि हामी विश्वभरका पत्रकारलाई आमन्त्रित गर्न सक्छौं ? ब्रेन्ट ह्युस्टनले सोधे ।
खोजी रिपोर्टिङ विश्वभरमा फैलिरहेको थियो । इन्टरनेट, मोबाइल फोन र शीतयुद्धको समाप्तिका कारण यसको विकास भइरहेको थियो । प्रगतिशील पत्रकारको बढ्दो संख्या भए पनि त्यसका लागि वास्तविक केन्द्र भने थिएन, जहाँ बसेर विचार आदानप्रदान गर्न सकियोस् । तर निल्स मुलवाड र ब्रेन्ट ह्युस्टनले एक्लै काम गर्दै आएका ती पत्रकारबाट सकारात्मक जवाफ पाए ।
सन् २००१ को अप्रिलमा निल्स मुलवाडले कोपेनहेगनको सबैभन्दा प्रसिद्ध होटल बुक गरे । उनलाई डीआईसीएआर, आईआरई तथा डेनिश एसोसिएसन अफ इन्भेष्टिगेटिभ जर्नालिस्टको सहयोग प्राप्त थियो । ब्रेन्ट ह्युस्टनले भने, ‘हामीलाई लागेको थियो थोरै मात्र मान्छे आउनेछन् । हामीलाई वास्तवमा सफलताको आशा पनि थिएन । तर, यो कार्यक्रम सही समयमा सही कदम साबित भयो ।’
उक्त कार्यक्रममा ४० देशका ३०० सयभन्दा बढी पत्रकार आए । उनीहरुले खोजी पत्रकारिताका तरिका, उपकरण र राम्रा सहयोगीका बारेमा जान्न चाहेका थिए । कहिलेकाहीँ यो माहोेल एउटा धार्मिक पुनरुत्थान जस्तो पनि देखिन्थ्यो । कडा मेहनतबाट खोजी पत्रकारिता गर्नेहरुले थाहा पाए कि उनीहरु विश्वमा एक्लै थिएनन् ।
ब्रेन्ट ह्युस्टन भन्छन्, ‘अधिकांश पत्रकार आम रुपमा सबै एकै प्रकारका हुन्छन् । उनीहरु चाहे जुनसुकै ठाउँबाट होऊन् या जहाँसुकै काम गरुन् । उनीहरुको बीचमा सहजै समझदारी बन्यो । धेरै व्यक्तिको लागि यो आश्चर्यको कुरा थियो कि पहिलो दिनमा नै पत्रकारहरुले आफ्नो अनुभव र ज्ञानको बारेमा कसरी खुलेर साझा गरे । दोस्रो दिनमा त यो धेरै सहज भइसकेको थियो ।’
यसरी विश्व खोजी पत्रकारिताको कम्फरेन्स सुरु भयो । यसपटक नोभेम्बर २०२१ मा १२औं संस्करण आयोजना गर्न लागिएको छ । यो पहिलो सम्मेलन हो, जो केवल अनलाइनबाट हुँदै छ । विगतका वर्षमा आयोजित सम्मेलनमा १४० देशका ८००० पत्रकार सहभागी थिए र उनीहरुलाई प्रशिक्षित गरिएको थियो ।
यस प्रक्रियामा उनीहरुले विश्वभरमा डेटा पत्रकारिताको तीव्र प्रसार, कौशल स्तर बढाउने, असाधारण सहयोगको बढावा दिने र दजर्नभन्दा बढी खोजी पत्रकारिताका संगठनको सुरु गर्नुमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
निल्स मुलवाड भन्छन्, ‘मैले कहिले पनि सोचेको थिइाँ कि इन्भेष्टिगेटिभ पत्रकारिता यो रुपमा विकसित होला । मैले जे योगदान दिएको छु, यो मेरो करियरको सबैभन्दा महत्वपूर्ण चिज हो । हामी त्यतिबेला यसबारे जान्दैनथ्यौं, तर, बस यो भयो ।’
उक्त पहिलो सम्मेलनपछिको दुई वर्षपछि कोपेनहेगनमा दोस्रो सम्मेलन आयोजना गरियो । अमेरिकाको वल्र्ड ट्रेड सेन्टरमा भएको आक्रमण र वैश्विक चुनौतीले सम्मेलनमा सहभागी हुन बाधा ल्यायो । यही कारण केही पत्रकारलाई यात्रा गर्न मुस्किल भयो । त्यसका बाबजुद पनि सम्मेलनमा ३ सय पत्रकार आए । उत्साह कायम रहिरह्यो । निल्स मुलवाड र ब्रेन्ट ह्युस्टन अब चाहिँ यो कुनै आकस्मिक चिज नभएकोमा विश्वस्त थिए । निल्स ह्युस्टन
भन्छन्, ‘सम्मेलनको समयमा हरेक पत्रकार नियमित सम्पर्कमा रहन चाहन्थ्यो । हामी पनि यही सुनिश्चि गर्न चाहन्थ्यौं कि हामीहरुबीच निरन्तर रुपमा सम्पर्क रहिरहोस् ।’
त्यसपछि एउटा सैद्धान्तिक बयानमा मस्यौदा तयार भयो र एक अनौपचारिक संगठन बनाउनका लागि सम्मेलनमा अर्को एक बैठक बोलाइयो । यो सैद्धान्तिक वक्तव्य सरल र स्पष्ट थियो, हामी स्वतन्त्र पत्रकारिता संगठनका एउटा नेटवर्क बनाउँछौं, जो कम्प्युटर समर्थित रिपोर्टिङमा पत्रकारबीच सूचनाको प्रशिक्षण र साझा गर्नमा समर्थन गर्छ ।
यस समूहको लक्ष्य यसप्रकार राखिइो, ‘सम्मेलन र कार्यशालाका आयोजना गरिने, खोजी र डेटा पत्रकारिता संगठनहरु बनाउने र टिकाइराख्न सहयोग गर्ने, सर्वोत्तम प्रथाहरुको समर्थन गर्ने र बढावा दिने, सार्वजनिक दस्तावेजहरु र डेटासम्म पहुँच सुनिश्चित गर्नमा सहयोग गर्ने, विश्वभरमा खोजी पत्रकारको लागि संसाधन र नेटवर्किङ सेवा दिने ।
यसको सदस्यता विश्वका गैर नाफामूलक संगठनहरुमा सीमित गरियो । नाफामूलक मिडियाले खोजी रिपोर्टिङमा महत्वपूर्ण भूमिका निर्वाह गरे पनि गैर नाफामूलक संस्थाले प्रशिक्षण, शिक्षा सल्लाह र कौशल साझा गर्ने क्षेत्रमा धेरै नै काम गरेका छन् र विश्वभरमा फैलाएका पनि छन् ।
उक्त स्थापना दस्तावेजमा २२ देशका ३५ संगठनले हस्तार गरे । यसमा दुई तिहाइभन्दा बढी संगठन युरोपबाट थिए । यस सूचीमा विश्वभर खोजी पत्रकारिताको नेतृत्व गर्नेवाला समूह पनि सहभागी थिए । यसमा ब्राजिल, जर्मनी, नेदरल्यान्ड, स्केन्डनेविया, दक्षिण अफ्रिका र संयुक्त राज्य अमेरिका, घाना, फिलिपिन्स, नेपाल र रोमानियाको सहभागिता थिए । यसमा केही मिडिया स्कुल र प्रशिक्षण संस्थान, मिडिया विकास एनजीओ र आईसीआईजे नामक एक जानकार संस्था पनि थियो । आईआरईले कुछ तरिकामा योगदान पनि दिएको थियो तर फन्डिङ र केन्द्रीय संगठन थिएन ।
यसप्रकार ग्लोबल इन्भेष्टिगेटिभ जर्नालिज्म नेटवर्क (जीआईजेएन) को गठन भयो । जीआईजेएनले विभिन्न स्ंस्थाहरुको मद्दतबाट वैश्विक सम्मेलनको आयोजना गर्यो । सन् २००५ मा एम्स्टर्डमा आयोजित सम्मेलनमा फेरि विश्वभरबाट सैयौं पत्रकार आए । यसलाई डच फ्लेमिस एसोसिएसन अफ इन्भेष्टिगेटिभ जर्नालिस्टको संस्था बीबीओजेले प्रायोजन गरेको थियो । यसपछि सन् २००७ मा क्यानेडिन एसोसिएन अफ जर्नलिस्ट्स को मद्दतमा टोरन्टोमा सम्मेलनको सफल आयोजना भयो । सन् २००८ मा नर्वेको इन्भेष्टिगेटिभ जर्नलिस्ट्स एसोसिएसनको मद्दतमा लिलेहैमरमा सम्मेलन आयोजना गरिएको थियो । फेरि सन् २०१० मा जेनेभामा स्विस इन्भेष्टिगेटिभ रिपोर्टर्स नेटवर्कको मद्दतमा सम्मेलन भयो ।
जेनेभामा छैटौं सम्मेलनसम्म सम्मेलनको आकार र महत्व धेरै बढिसकेको थियो । यो पटक ८० देशका ५०० भन्दा बढी पत्रकार सहभागी भए । जसमा केही पत्रकार तेस्रो र चौथोपटक आएका थिए ।
हयुस्टन र मुलवाडले जुन तरिकाबाट विश्वभर खोजी पत्रकारको समुदायको परिकल्पना गरिरहेका थिए, अब साच्चै नै दुनियाँभरमा फैलिरहेको थियो । तर, वाणिज्यिक मिडियाले विज्ञपनको कमी र मन्दीको दोहोरो संकटको सामना गर्नुपरेको थियो । तर, गैरनाफामूलक संस्थाहरुले जीआईजेएनको गठन गरे । जुन विश्वभरमा नै अनुकरणीय मोडल बनेको थियो ।
सन् २००७ मा सेन्टर फर इन्टरनेशनल मिडिया असिस्टेन्सले एक सर्वेक्षणमा २६ देशका ३९ गैरनाफामूलक खोजी पत्रकारिता केन्द्रको पहिचान गरेको थियो, जसको संख्या आगामी पाँच वर्षमा दोहोरो भयो ।
सन् २०१० मा ह्युस्टन र मुलवाडले जीआईजेएनको एक अनौपचारिक बोर्डको स्थापना गरे । यसको उद्देश्य सम्मेलनको स्रोत र ठूला पत्रकारलाई जोड्नु थियो । जसरी खोजीका समाचार विश्वभरमा देशको भूगोल पार गरिरहेको थियो, पत्रकारहरु पनि जान्न चाहिरहेका थिए कि अन्य महाद्विपमा सहयोगीसम्म कसरी पहुँच बढाउने । अन्य सम्पादक पनि जान्न चाहन्थे कि आफ्नो गैर नाफामूलक संस्थालाई कसरी स्थापित गर्ने । अन्य व्यक्तिहरु कार्यशाला, नवीनतम तरिकाबारे जान्न चाहन्थे । डेटा पत्रकारिताको पनि महत्व धेरै बढिरहेको थियो । ग्लोबल कन्फरेन्सको प्रशिक्षकले अब उच्चका मागको आधारमा कम्प्युटर साझा पत्रकारको एक नयाँ पुस्ता तयार गरेको थियो ।
वैश्विक सम्मेलनमा दिग्गजहरुको धारणा धेरै संरचना बनाउँदा झन् धेरै लाभ हुने भन्ने थियो । त्यसअनुसार सन् २०११ मा जीआईजेएनको मुख्य मिसनलाई अघि बढाउन सचिवालय गठनको प्रस्ताव राखियो । जसको पहिलो निर्देृशक बन्ने मौका मैले पाएँ । ३५ हजार अमेरिकी डलर बीउ पुँजी राखेर यसको सुरुवात गरियो ।
सन् २०१३ र १४ का सम्मेलनमा हाम्रो प्रयासहरुको सार्थकता महसुस भयो । त्यसयता निरन्तर सभासम्मेलन र कामसँगै अहिले कोरोना कालको यो अवस्थामा आइपुगेका छौं । यो भर्चुअल सम्मेलनमा पनि हाम्रो भविष्यका योजना के हुन् ? विश्वका पत्रकारको संसाधन, क्षमता र एक अर्कासँग जोडिने नेटवर्क बनाउने र फैलिने विषयमा पनि छलफल हुनेछ ।
मानवअधिकार, लोकतन्त्र र स्वतन्त्र प्रेसको विरुद्धमा बढ्दै गएको वैश्विक प्रतिक्रियाको बीच हाम्रो काम निकै महत्वपूर्ण छ । अस्ट्रेििलयाको जुडिथ निलसन इस्टिच्युट फर जर्नालिज्म एन्ड आइडियाज यो सम्मेलनको सह आयोजनक छ । जहाँ १ सय ४० देशमा १६ सयभन्दा बढी व्यक्ति सहभागी हुने अपेक्षा छ ।
हाल जीआईजेएनको कर्मचारी २३ देशमा छन् । यसका सामग्रीहरु १२ भाषामा प्रकाशित हुन्छन् । ८२ देशमा २११ गैरनाफामूलक संस्था यसको सदस्य छन् । अबको सम्मेलनले अझै भ्रष्टाचार, सत्ताको दूरुपायोग र जवाफदेहितामा कमीजस्ता समस्यालाई उजागर गर्न सहयोग मिल्नेछ भन्ने अपेक्षा गर्न सकिन्छ ।
थप
tadalafil pill - tadalafil 10mg over the counter tadalafil for women
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit
tadalafil pill - tadalafil 10mg over the counter tadalafil for women