Saturday, 28 June 2025 | २०८२ असार १४, शनिवार

स्टार, ह्याम्स र निजी प्रयोगशालाहरुले कोभिड–१९ को नक्कली रिपोर्ट बनाउने गरेको खुलासा

ह्याम्स र स्टार अस्पताल तथा निजी प्रयोगशालाको कोभिड–१९ को नेगेटिभ रिर्पोट बोकेर हडकड, दुबई र जापान पुगेका यात्रुमा त्यहाँ परिक्षण गर्दा पोजेटिभ देखिएपछि सरकारले यसको अनुसन्धान गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र संकट ब्यवस्थापन केन्द्र (सीसीएमसी) लाई पत्राचार गरेको छ । 


संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २८ कात्तिकमा पत्र लेख्दै काठमाडौंमा विभिन्न प्रयोगशालाहरुले स्वाब कलेक्सन नै नगरी नक्कली रिर्पोट  दिने गरेको समेत खुलासा गरेको हो ।

मन्त्रालयका प्राविधिक अधिकृत नशिब आचार्यले लेखेको पत्रमा प्रयोगशाला र पीसीआर जाँचको अनुमति पाएका अस्पतालहरुले स्वाब कलेक्सन पश्चात पनि रिर्पोट म्यानुपुलेसन गरी पोजिटिभ रिर्पोट दिने गरेको र  स्वाब कलेक्सन पश्चात निर्धारित समय सम्म भण्डारण गरेर राख्नुपर्नेमा सो समेत नगरेकोले आवश्यक अनुसन्धान गरि कारबाही गर्न भनेको हो । 


मन्त्रालयले नेपाल वायुसेवा निगमका हरेक नियमित उडानमा नेपाल सरकारबाट स्वीकृति प्राप्त प्रयोगशालामा परीक्षण गरेर नेगेटिभ आरटी पीसीआर  साथमा लिएर गएका यात्रुहरु मध्ये निगमको २ अक्टोबर २०२० का दिन सञ्चालन भएको काठमाडौं-हडकड नियमित उडानमा हङकङ स्वास्थ्य विभागबाट पुनः कोभिड–१९ परीक्षण गरेकोमा ५ जनामा पोजेटिभ देखिएको जनाएको छ । 


यस्तै १९ अक्टोबर, २०२० मा संचालित काठमाडौं-हङकङ उडानमा ९ जना यात्रुहरुमा पुनः कोभिड–१९ पोजेटिभ  देखिएको कारण उल्लेख गर्दै सिभिल एभिएसन डिर्पाटमेन्ट हङकङबाट ०४ देखि १७ अक्टोबर ,२०२० तथा दोस्रो पटक २२ अक्टोबर,२०२० बाट ०४ नोभेम्बर, २०२० सम्मका लागि र  १२ नोभेम्बर २०२० देखि २५ नोभेम्बर २०२० सम्म निगमको काठमाडौं-हङकङ उडानको अवतरण अनुमति स्थगन भएको मन्त्रालयले जनाएको छ । 


निगमको काठमाडौं–दुबई नियमित उडानबाट समेत आरटी पीसीआर परिक्षण नेगेटिभ भएको रिपोर्टका आधारमा यात्रा गर्ने यात्रुहरुको पुन परीक्षण गर्दा केही यात्रुहरुको कोभिड–१९ रिर्पोट पोजेटिभ  देखिएकोले नेपाल वायुसेवा निगमलाई संयुक्त अरब इमिरेटसको सिभिल एभिएसनका महानिर्देशकले पत्राचार गरेका थिए । 


यस्तै निगमको काठमाडौं–नारिता नियमित उडानबाट समेत यात्रा गर्ने यात्रुहरुको पुनः परीक्षण गर्दा हरेक उडानमा कम्तिमा २ देखि १० जनामा कोभिड–१९ पोजेटिभ देखिएको हुनाले इन्टरनेशनल एयर कार्गो टर्मिनलबाट पनि ईमेल मार्फत निगमलाई जानकारी प्राप्त भएपछि मन्त्रालयले एक्सन लिएको हो । 

मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले सबै भन्दा बढि स्टार अस्पतालको रिपोर्टमा कैफियत देखिएको बताए । यस्तै ह्याम्स अस्पताल र सरकारले मान्यता दिएका निजी प्रयोगशालाहरुको रिपोर्टको समेत विश्वसनियता रहेन् । उनले लगातार हवाई उडान नै अवरुद्ध हुन थालेपछि निगमले दिएको प्रतिवेदनका आधारमा कारबाही प्रक्रिया अघि बढेको बताए । 


मन्त्रायलयले पत्रमा भनेको छ, ‘यस्तो परिस्थिति बारम्बार सिर्जना भएमा नेपाल भित्र हुने गरेको कोभिड– परीक्षणको विश्वसनियतामा प्रश्न उठ्न सक्ने फलस्वरूप राष्ट्रिय छबि समेत धुमिल हुन सक्ने तथा नियमित उडानहरुमा समेत असर पर्न सक्ने हुनाले यसलाई न्युनिकरण गर्नका लागि आवश्यक छानबिन तथा आवश्यक कारबाहीका लागि पत्र लेखिएको छ ।’


मन्त्रालयले नेपाल बायुसेवा निगमबाट प्राप्त समस्या भएका यात्रुहरुको विवरण सहितको पत्र सीसीएमसी र स्वास्थ्य मन्त्रालयमा पठाएको हो । यसको निर्णय मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले २८ कात्तिकमा गरेका थिए । 

प्रतिक्रिया

1
  • Pjqbml

    फाल्गुण ४, २०७८

    cialis 5mg sale - cialis pills 20mg purchase tadalafil sale

प्रतिकृया थप्नुहोस्
  • Pjqbml

    फाल्गुण ४, २०७८

    cialis 5mg sale - cialis pills 20mg purchase tadalafil sale

प्रतिकृया थप्नुहोस्
सम्बन्धित समाचार सबै