Tuesday, 08 October 2024 | २०८१ असोज २२, मङ्गलबार

किरणको ‘कर्म’ 

कात्तिकको दोस्रो साता होला एसएसपी किरण बज्राचार्यलाई भेट्दा उनी एउटा बिषयमा केन्द्रित थिइन् । उनका कुरासँगै उनमा देखिएको उत्साह सुन्नेका लागि पनि रोमाञ्चक र कौतुहुल बनाउँथ्यो । सुरक्षा रिर्पोटिङ गरिरहेको मलाई उनका कुराले तान्यो । अनि म बिस्तारमा उनको योजना सुन्न थाले । 

 

 

‘बुझ्नुभो दीपक जी, ललितपुरका मुख्य क्षेत्रहरु गुणस्तरीय क्लोज सर्किट क्यामराको निगरानीमा राख्ने,’ एसएसपी किरणका शब्द थिए, ‘यसको लिंकअप परिसर र मेट्रो (महानगरीय प्रहरी कार्यालय) समेतमा हुनेछ ।’ 

 


यतिकुरा गरिसकेपछि उनीसँग म उनको ‘कर्म’ ले आकार लिँदै गरेको कार्यकक्षमा पुग्यो । उनले कुनै कुशल ‘इन्टिरीयर’ ले जस्तै त्यो कार्यकक्षमा कहाँ के हुने सुनाउन थालिन् । 

 


‘यो कुनामा क्लोज सर्किट क्यामरा मोनिटरिङ युनिट हुन्छ,’ एसएसपी किरणले भनिन् ‘परिसरमा आउने सबै फोन कल रेकर्ड हुनेछन्, अब कम्तीमा १० मिनेटमा प्रहरी घटनास्थलमा पुग्नेछ । ’ उनको योजना अनुसार ‘कन्ट्रोल रुम’ मा आउने सुचना पास भएको केही मिनेटमा भेरिफाई भएर विभिन्न क्षेत्रमा छरिएर रहेका प्रहरी युनिट मुभ हुनेछन् । 

 

 

उनका योजना सुनिरहँदा मेरो मनमा एउटै जिज्ञासा थियो । त्यो थियो– म्याडम किरण, प्रहरीमा प्रविधिमैत्रीको कुरा हुन्छ तर बजेट हुँदैन, त्यो कहाँबाट ल्याउँछौं । 

 

मेरो मनमा यहि प्रश्नले गाज्न नपाउँदै किरणको जवाफ आयो । लाग्थ्यो उनी मेरो मन पढिरहेकी छन् । 

 

 

‘अस्ती ग्लोबल आइएमई बैंकले टिभी दिएको छ, उनले भनिन् ,‘सुरक्षामा सरोकार राख्ने केही संघ संस्थाले सहयोगको प्रतिबद्धता जनाएका छन्। ’ उनको बृहत योजना अनुसार ललितपुरका सबै क्षेत्र (कम्तीमा अति संवेदनशील तथा घटना–दुर्घटना हुने स्थान) क्लोज सर्किट क्यामराको पहुँचमा बनाउने थियो । उनले कुरा पुरा भनिनन् तर एउटा कुरो फुस्काइन ‘महानगरका मेयर सापसँग शायद केही दिनमा यो योजनाका लागि सम्झौता होला (त्यो योजनाका बिषयमा उनलाई मैँले सोधिन्) । 

 

 

उनको ‘बिफ्रिङ’ मा अझै उत्साह थपिदैं थियो । कन्ट्रोल रुमको बाहिर ‘फिडिङ रुम (स्तनपान गराउने स्थान) र बाँकी बचेका कोठामा डिउटी खटिनेहरुका लागि शयनकक्षको व्यवस्था सहित उनको ‘हाइटेक कन्ट्रोल रुम’ को सपनाले पूर्ण आकार पाएको थियो । 

 

 

‘रातभर डिउटी गर्ने प्रहरी कर्मचारीलाई उचित स्नान र बच्चाहरुका लागि व्यवस्थित स्तनपान अनिवार्य हुनुपर्छ,’ किरणको जोडबल थियो,’ यहाँ (बाहिरको बार्दली देखाउँदै) त्यही बन्ने छ । 

 

 

रिर्पोटिङका लागि बर्षौदेखि ललितपुर परिसर गएका हामीहरुलाई भवनको माथिको थुम्को के हो ? भन्ने कहिले चासो भएन् । त्यहाँ के छ भन्दा कन्ट्रोल भन्ने जवाफ आउथ्यो । तर त्यही स्थानमा एसएसपी किरणले आफ्नो ‘कर्म’ को अमिट छाप छाडेर गइन्  । 

 

 

तर, उनले त्यो ‘कर्म’ उपभोगगर्न नपाउँदैं उनी परिसरबाट बाहिरीइन । महानगरीय प्रहरी परिसर ललितपुरस्थित उनकै कार्यकक्षमा भएको त्यो भेट आज आएर परिसर प्रमुखको रुपमा अन्तिम भएको छ । 

 

 

 

 

उनले आफ्नो कर्मको महानगरीय प्रहरी कार्यालयका डीआईजी उत्तमराज सुवेदीसहित मनकारी उद्यमीहरुका हातबाट उदघाटन गराइन् । 

 

 

परिसरको रेकर्ड अनुसार ललितपुर महानगरपालिकाले थ्री केभिए युपीएस, १६० एच ब्याट्री, एफएक्सओ र हेडफोन सहयोग गर्यो । ग्लोबल आइएमई बैंकका अध्यक्ष रत्नराज बज्राचार्यले १० थना एलइडी टिभी सहयोग गरे । यस्तै ललितपुरमा मुख्य कार्यालय रहेको पञ्चकन्या समूहका अध्यक्ष प्रदीप श्रेष्ठ र सुमेरु समूहका भरत महर्जनले भौतिक संरचना निर्माण र फर्निसिङमा सघाए । 

 

 

एसएसपी किरणको ‘कर्म’ मा सघाउनेमा स्टार अस्पतालका अध्यक्ष अशोककुमार महर्जन, बीएण्डबी अस्पतालका अध्यक्षद्वय डाक्टर जगदिशलाल वैद्य र अशोककुमार बाँस्कोटा हुन् । उनीहरुले कन्ट्रोल रुमका लागि आवश्यक एनभीआर, नेटवर्क स्विच र एचडीएमआई जस्ता उपकरण सहयोग गरे । 

 

 

जोन्टा क्लब अफ काठमाडौंकी अध्यक्ष सीमा गोल्छाले ६ थान कम्प्युुटर र ल्यापटप सहयोग गरिन् । यस्तै अरुणिमा बचत तथा श्रृण सहकारी संस्था लिमिटेडका अध्यक्ष रामशरण घिमिरेले १४ थना कुर्सी सहयोग गरेर परिसरमा आफ्नै सुरक्षाका लागि निर्माण भएको स्मार्ट कन्ट्रोल रुममा सहभागी गराए । 

 

 

महानगरी प्रहरी कार्यालयका निमित्त प्रमुखको हैसियतमा डीआईजी सुवेदीले सहयोग गर्ने महानुभावलाई प्रशंसा पत्र दिए । किरणको यो ‘कर्म’ को उनले प्रशंसा गरे । योसँगै किरण पनि ललितपुरबासीको मन जितेर त्यहाँबाट बिदा भएकी छन् । 

 

 

तर, के यति रहर, परिश्रम, आग्रह, अनुरोधसहित आवश्यकता पुष्टि गरेर उनले नेपाल प्रहरीका लागि बनाएको यो संरचनाको परीक्षण, प्रयोग र प्रभावकारिता हक भोगको अधिकार एसएसपी किरणलाई थिएन र ?

 

के उनले यसमा केही कमजोरी देखिए सच्चाएर अझै गजब बनाउने थिइनन् र ? 

 


उठ्नेहरुको मनमा कुरो उठ्ला, किरणको गुनगान गायो । भने भनौं, उनको र उनीजस्ताको ‘कर्म’ को गुणगान गाउनुपनि अरुलाई उत्प्रेरित गर्ने यन्त्र हो ।

 

 
अब, एसएसपी किरण त संगठनको आदेश मानेर भनेकै ठाँउमा गइन् । तर, उनलाई परेको प्रभावले अरुको मन यस्तै हौसिएला त ? 

 


प्रहरी किन झन्झन् कमजोर र दवाब तथा प्रभावमा पर्दैछ भने एउटा उदाहरण त यो पनि हो, होइन र ? कि कसो त । 

 

#ठोको ताली !

 

 

(ठोकोताली समाचार, विचार, विश्लेषण र व्यंग्यको रोचक तथा घोचक प्रस्तुति हो । यसमा प्रस्तुत विषय कुनै व्यक्ति विशेष नभई समग्र प्रवृत्तिप्रति लक्षित हो ।)

प्रतिक्रिया

115
प्रतिकृया थप्नुहोस्
प्रतिकृया थप्नुहोस्
सम्बन्धित समाचार सबै