Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

रेञ्जर गणका हवल्दार उत्तरले उज्जवल भविष्यको प्रलोभनमा उपचार नपाई ज्यान गुमाए 

नेपाली सेनामा रहँदा र सोमालियामा पानीजहाजको सुरक्षागर्दै रहेका मृत्तक उत्तरबहादुर कार्की । तस्बीर स्रोतः परिवार

उनी नेपाली सेनाको विशेष फौज अन्तरगत रेञ्जर गणका हवल्दार थिए । भैरबनाथ गणमा रहेका समयमा उनी अवकाश भए । हतियार चलाउन विशेष पोख्त उनी अवकाश जीवन परिवारसँग बिताउने र यत्तै केही सानो उद्यम गर्ने सोचमा थिए । 

 


नेपाली सेनाका हवल्दार उत्तरबहादुर कार्कीको परिवारले कल्पनासम्म गरेको थिएन । उनी यसरी परदेशी भुमिमा उपचार नपाएर ज्यान गुमाउन बाध्य हुनेछन् । देश र विदेशको अनुभव बटुलेका उत्तरबहादुर एकजना मानव तस्करको प्रलोभनमा पर्दा र पारिँदा सोमालियाको समुन्द्रमा उपचार नपाएर ज्यान गुमाउन बाध्य भए ।

 

 

उनलाई विभिन्न प्रलोभनमा पारेर नर्कमा होमिदिने मानव तस्कर कविराज कटुवाललाई मानव बेचबिखन अनुसन्धान ब्यूरोले पक्राउ गरेपछि सुरक्षाकर्मीहरुलाई कसरी विभिन्न प्रलोभनमा पारेर तस्करी गरिएको छ भन्ने खुलासा भएको हो । 

 

 

ब्यूरोका प्रमुख एसएसपी दुर्गा सिंहले मानव तस्करहरुले पछिल्लो समय अति जोखिमपूर्ण कार्यका लागि देशका सुरक्षा निकायमा लामो समय अनुभव बोकेका अधिकारीहरुको तस्करी गरिरहेको बताइन् । उनका अनुसार विभिन्न देशमा जोखिमपूर्ण कार्यका लागि उनीहरुको माग बढेसँगै विभिन्न प्रलोभनमा पार्ने र अवैध बाटो भएर पठाउनेक्रम बढेको पर्दाफासलाई बताइन् । 

 

मानव तस्करीमा अनुसन्धान भइरहेका कविराज कटुवाल र चिनियाँ कम्पनीले लेखेको पत्र । तस्बीर स्रोतः परिवार 

 


यसरी फसे उत्तर 

 

मृतक उत्तरका भतिज कमल कार्कीले काकालाई अवकाशपछि कविराज र उनको समूहले विभिन्न नाता जाडेर सुरुवातमा सम्पर्क गरेको थियो । अफ्रिकाको देश सोमालियामा चिनियाँ कम्पनीका लागि भनेर उनलाई फकाउन थालिएको थियो । राम्रो कम्पनी र सजिलो काम भएको तथा तलब समेत धेरै हुनेभन्दै कविराजको समूहले पटकपटक उत्तरको घरमा पुगेर उनलाई फकाएको थियो । 

 

 

अवकाश भएको दुईवर्ष पुरा भएका उत्तरबहादुरको परिवारसँग कविराज र उनको समूहले मामाको नाता लगाएर फकाएको कमलले पर्दाफासलाई बताए । 

 

 

'काका कतै नजाने यतै कामगर्ने योजनामा हुनुुहुन्थ्यो, ' कमलले पर्दाफाससँग भने, ' हुँदै नभएको नाता लगाएर विभिन्न प्रलोभन देखाएर उहाँलाई नर्क पुर्याईएको थियो ।' उनका अनुसार यो समूहले यस्तै प्रलोभनमा पारेर धेरैलाई फसाएको खुल्न थालेको बताए । 

 

 

उनले थपे, ' दुईजनाको उद्धार भएको छ, अन्यको अवस्थाका बिषयमा समेत सरकारले चासो लिन आवश्यक छ । '

 


ब्यूरोका अनुसार कविराजले नेपालमा डल्फिन सेक्युरिटी कम्पनी प्राली नामक कम्पनी दर्ता गरेका छन् । नेपालभित्र मात्र विभिन्न कार्यालयमा सुरक्षा गार्ड उपलब्ध गराउने अनुमति पाएको उनको कम्पनीले यसै मार्फत अवकाशप्राप्त र बहालवाला सुरक्षाकर्मीलाई विभिन्न प्रलोभनमा पारेर जोखिमपूर्ण कार्यका लागि विभिन्न देशमा पठाउने गरेको छ ।


 

हिन्दसागरमा उपचार नपाएर मृत्यु 

 

 

४६ वर्षका उत्तरकुमारलाई हङकङ मुख्य कार्यालय रहेको ओभरसिज सेक्युरिटी गार्डेयिन हङकङ कम्पनी लिमिटेड मार्फत पठाइएको थियो । पर्दाफासलाई प्राप्त पत्र अनुसार कम्पनीले उत्तरकुमारको पारिश्रमिक स्थानिय अजेन्ट कविराज मार्फत मात्र उपलब्ध गराउने उल्लेख छ । 


उनले पाउने मासिक ९ सय अमेरिकी डलरमा पनि कविराजले आफ्नो कमिशन राख्ने गरेको भतिज कमलले बताए । 

 


उत्तरबहादुरलाई पानी जहाजमा सुरक्षा गार्डको काममा लगाई दिने भनि नेपालबाट सोमालियासम्म पुर्याईको थियो । उनलाई सिसेल्स देशमा लैजाने भनि विभिन्न प्रलोभनमा पारी त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलबाट गत बैशाख १२ गते दुबई लगिएको थियो । 

 

 

ब्यूरोका अनुसार दुबई पुगेपछि  उनको राहदानी, मोवाईल नियन्त्रणमा लिएर  परिवारको सदस्यहरुलाई सम्पर्क गर्न नदिई माछा मार्ने पानी जाहाजमा महिनौ सम्म समुन्द्रमा जोखिम पुर्ण सुरक्षा गार्डको काममा लगाई सोमालिया नजिकको समुन्द्री क्षेत्रमा पुऱ्याईएको थियो ।

 

 

त्यहाँ खानपिन र अन्य समस्याले उत्तरबहादुरको खुट्टा सुन्नीने र श्वासप्रश्वासको समस्या सुरु भएको थियो । उनले पटक पटक उपचारको आग्रहगर्दा समेत कुनै प्रकारको उपचार नगराई पानी जाहाजमानै राखीएकोमा उनको यही असोज २ मा मृत्यु भएको थियो ।

 

 

भतिज कमलका अनुसार जहाजमा रहने चिनियाँहरुसँग भाषाको समस्या र उनीहरुको लापरवाहीका कारण उत्तरबहादुरले ज्यान गुमाएको उनीसँगै रहेका अर्का नेपाली जीतबहादुरले बताएको पर्दाफासलाई सुनाए । 

 

 

मृत्युपछि पनि शव नेपाल ल्याउन  उत्तरबहादुरको परिवारले अनुरोध गर्दा समेत लास नेपाल ल्याउनका लागी ४० लाख रुपैया लाग्छ भनि मृतकको परिवारलाई क्षतिपुर्ती दिलाउने काममा समेत कविराजले असहयोग गरेको ब्यूरोले जनाएको छ । 

 

 

ब्यूरोले कविराजलाई १६ मंसिरमा भक्तपुरबाट पक्राउ गरेर उनी बिरुद्ध मानवबेचबिखन तथा ओसारपसार मुद्धामा थप अनुसन्धान गरिरहेको छ ।  
 

प्रतिक्रिया

1
प्रतिकृया थप्नुहोस्
प्रतिकृया थप्नुहोस्
सम्बन्धित समाचार सबै