Tuesday, 08 October 2024 | २०८१ असोज २२, मङ्गलबार

के राहुल गान्धी आफुसँगै नेपाल आएकी युवती फ्लोरर डोमिनिक जेभियरसँग सम्बन्धमा हुन्?

सुम्निमा उदासकाे विवाहमा राहुल र जेभियर । जेभियरले नेपालमा प्रयाेग गरेकाे पासपाेर्टकाे तस्वीर र उनकाे सन् २०१२ काे तस्वीर ।

भारतीय राष्ट्रिय कांग्रेशका शीर्ष नेता तथा गान्धी परिवारका सदस्य राहुल गान्धी सोमबार नेपाल आएर बिहीवार दिल्ली फर्किए ।

 

उनी आफ्ना पुराना मित्र सुम्निमा उदासको विवाह समारोहमा सहभागी हुन आएका थिए । र, उनले सुम्निमाको विवाह समारोहमा सक्रिय सहभागिता जनाए । 


राहुल नेपालमा रहँदा उता दिल्लीमा मात्रै होइन भारतवर्षमै उनको चर्चा र आलोचना भयो । सोमबार मध्यरातसम्म राहुल आफ्ना साथीहरुसँग ठमेलको एक चर्चित क्लबमा पुगे । जहाँ उनलाई एउटी युवतीसँग देखियो । सो भिडियोमा रहेकी युवती नेपालस्थित चिनियाँ राजदूत भएको भन्दै भारतमा चर्चा भयो । 

 


तर त्यो सत्य थिएन । ती युवतीलाई भारतीय संचारमाध्यमले नै नेपाली गायिका सरस्वती खत्री भएको दाबी गरेका छन् । खत्री सुरसुधासँग आवद्ध गायिका हुन् । उनले समेत राहुलसँगको तस्वीर सामाजिक सञ्जालमा पोस्ट गरेकी छन् । उनको अनुहार र क्लबमा राहुलसँगै देखिएकी युवतीको अनुहार केही हदसम्म मिल्दोजुल्दो छ । तर ती युवती खत्री नै भएको पुष्टि भएको छैन् । 

 


राहुल नेपालमा रहँदा नेपाली कांग्रेशका नेताद्धय उदय शम्सेर जबरा र राजिवविक्रम शाहले भेटघाट गरेको उच्च सुरक्षा स्रोतले पुष्टि गरेको छ । यसबाहेक उनको राजनीति भेटघाट खुलेको छैन । नेताद्धय राणा र शाहले समेत पुरानो सम्बन्धका कारण राहुलसँग भेटघाट गरेका थिए ।

 


राहुल दिल्लीबाट सोमबार भिस्तारा एयरको विमानमा आएका थिए । उनीसँगै एकजना पुरुष र महिला थिइन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नक्सालस्थित होटल मेरियट पुगेका उनीहरु सोमबार राती र मंगलबार दिनभर त्यही बसेका थिए । सोमबार राती राहुल होटलबाट उनीसँगै आएका पुरुषसँगै क्लब गएका थिए । युवती होटलमै थिइन् । 

 


मंगलबार साँझ राहुल र ती युवती सुम्निामाको हिन्दु परम्परा अनुसार भएको विवाहमा सहभागी हुन् मानभवन गए । राहुलसँगै रहेकी युवती विवाह समारोहमा उनीसँगै गफिदैं गरेकी थिइन् । तर उनको र राहुलको हाउभाउले दुबै सार्वजनिक रुपमा अघि आउन चाहिरहेका थिएनन् । 

 


मंगलबार साँझ राहुल ती युवती र अन्य साथीहरुसँग ललितपुर लाकुरी भञ्ज्याङस्थित एक रिसोर्ट पुगेका थिए । सुम्निामाको द टेरेसेस रिसोर्टमा शेर्पा परम्परा अनुसार विवाह भएको थियो । यहाँ समेत राहुलसँगै आएकी ती युवती थिइन् । 

 

 

यी हुन् ती युवती 

 

सुम्निामाको विवाह समारोहका सबै कार्यक्रम काठमाडौं वेडिङ नामक इभेन्ट कम्पनीले व्यवस्थापन गरेको थियो । यो कम्पनीले सामाजिक सञ्जाल टिकटकमा सार्वजनिक गरेको भिडियोमा राहुलसँगै देखिएकी युवती र पर्दाफास डटकमलाई अति गोप्य स्रोतले दिएको जानकारी अनुसार उनी सन् १९९० को दशककी चर्चित मोडल फ्लोरर डोमिनिक जेभियर हुन् । 

 


उनी सन् २०१२ सम्म सक्रिय मोडल थिइन् । भारतीय नागरिक भएपनि उनले नेपालमा रहँदा पोर्चुगलको पासपोर्ट प्रयोग गरेकी थिइन । भारतीय होटल ‘टाइकुन’ गोविन्द अकोईसँग सम्बन्धपछि मोडलिङ छाडेर इन्टरियर डिजाइनर बनेकी  फ्लोरर डोमिनिक जेभियरलाई भारतमा फ्लोरर जेभियर नामले चिनिन्छ । 

 

 

उनी र अर्की चर्चित मोडल नेत्रा रघुरमनले सन् २०१६ सम्म सुपर मोडल कम्पनी प्राली र लिटिल रेड टोट सञ्चालन गरेका थिए । यही कम्पनीले भारतका चर्चित र सर्वाधिक खोजीमा रहेका निरभ मोदीको ब्यापार प्रवर्द्धनमा सघाएको थियो । हिरा ब्यापारी मोदीले संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा खोलेको हिरा शोरुमको उद्घाटनमा यी दुबैले मोडललाई र्याम्पमा हिँडाएका थिए । 

 


फ्लोरर जेभियरले सन् १९९६ मा जापानको कानाजावा, इशिकावामा भएको  मिस इन्टरनेशनलको ३६ औं संस्करणमा भारतको प्रतिनिधित्व गरेकी थिइन् । यस्तै उनी मिस ब्युटीफुल स्किन र फेमिना मिस इण्डियामा समेत सहभागी थिइन् । 

 


तर, सन् २०१६ यता फ्लोरर जेभियर चुपचाप थिइन् । हालैमात्र उनलाई राहुल गान्धीसँग नेपालमा देखिएको हो । 


 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै