Saturday, 28 June 2025 | २०८२ असार १४, शनिवार

महानगरीय ट्राफिक महाशाखामा भीम गए, जनक आए 

काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी हेर्ने निकाय महानरीय ट्राफिक प्रहरी महाशाखाको नेतृत्व परिवर्तन भएको छ । 


प्रहरी वरिष्ठ उपरीक्षक भीम प्रसाद ढकालको ठाउँमा महाशाखाको प्रमुखको जिम्मेवारीमा प्रहरी वरिष्ठ उपरीक्षक जनकराज भट्टराई आएका छन् । 
महाशाखामा सोमबार एक कार्यक्रमको आयोजना गरी भट्टराईको स्वागत र ढकालको विदाई गरिएको छ । 


विदाई समारोहमा वरिष्ठ उपरीक्षक ढकालले आफ्नो कार्यकालमा आफुले उपत्यकाको ट्राफिक व्यवस्थापनमा महत्वपूर्ण काम गरेको बताए। ट्राफिक व्यवस्थापनका लागि आफुले गरेको प्रयासहरु सफल रहेको उनको दाबी थियो । 


आम नागरिकबाट समेत उपत्यकाको ट्राफिक व्यवस्थापनको प्रशंसा हुने गरेको उल्लेख गर्दै ढकालले भोलीका दिनमा यसले निरन्तरता पाउने विश्वास व्यक्त गरे ।

 

नवनियुक्त प्रमुख भट्टराईले उपत्यकामा हुने ट्राफिक जाम र दुर्घटना काम भएका कामहरुलाई आफुले निरन्तरता दिने बताए । विगतमा पनि आफुले मशाखाका अन्तरगत रहेर काम गरेको उल्लेख गर्दै उनले सवारी जाम र दुर्घटना न्यूनीकरण आफुले पहिलो प्राथमिकतामा राख्ने बताए । 

 

ढकालको प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागमा सरुवा भएको हो । उनले महाशाखा प्रमुख भएर १५ महिना ट्राफिक प्रहरीको नेतृत्व गरे ।

आज नै कुशलतापूर्वक कर्तव्य निर्वाह गर्ने अधिकृत र जवान गरी १९ जना ट्राफिक प्रहरीलाइ पुरस्कृत गरिएको छ । यसैगरी दशै–तिहार र त्यो भन्दा अगाडीको समयमा चोरी भएका २४ वटा मोटसाइकल सवारी धनीलाइ हस्तान्तरण गरेको छ ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै

पाल्पामा महिलालाई बन्धक बनाएर १२ लाख ६३ हजार रुपैयाँ बराबरको सुन र नगद लुटपाट

पाल्पामा गएराती तीन अज्ञात हतियारधारीले महिलालाई आफ्नो नियन्त्रणमा लिएर साढे १२ रुपैयाँ भन्दा बढिको धनमाल लुटपाट गरेका छन् । 

मङ्सिर ९, २०७७

नक्कली नोट छाप्दै गरेका तिन जना एपीएफ टोलीद्वारा रंगेंहात पक्राउ

सिरहा जिल्लाको गोलबजार नगरपालिका ६ स्थित गोलबजारबाट कार्तिक २७ गते एपीएफ टोलीले नक्कली नोट छाप्दै गरेका  तिन जनालाई रंगेहात पक्राउ गरेको छ ।

मङ्सिर ९, २०७७

सशस्त्र–प्रहरीको संयुक्त टोलीले ६१ ग्राम खैरो हेरोइन सहित पक्राउ गर्‍यो स्थानीय बिक्रेता

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले कपिलवस्तुको जगदिशपुर क्षेत्रलाई आधार बनाएर लागूऔषध खैरो हेरोइन (ब्राउन सुगर) को विक्री वितरणगर्दै आएका खुद्रा बिक्रेताला...

मङ्सिर ९, २०७७

जोगवनी नाकाबाट नगद र सुनसहित भारतीय नागरिक पक्राउ

हुण्डीको नगद र तस्करीको सुनको गहनासहित एक जना भारतीय नागरिकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

मङ्सिर ९, २०७७