Saturday, 28 June 2025 | २०८२ असार १४, शनिवार

पाल्पामा महिलालाई बन्धक बनाएर १२ लाख ६३ हजार रुपैयाँ बराबरको सुन र नगद लुटपाट

पाल्पामा गएराती तीन अज्ञात हतियारधारीले महिलालाई आफ्नो नियन्त्रणमा लिएर साढे १२ रुपैयाँ भन्दा बढिको धनमाल लुटपाट गरेका छन् । 

रामपुर नगरपालिका–८ ढकालचौपारी बस्ने ६९ वर्षीया महिलाको घरबाट नगद ३ लाख रुपैयाँ र करिब ९ लाख ५ हजार रुपैयाँ बरारको सुनका गरगहना समेत गरी करिब १२ लाख ६३ हजार रुपैयाँ बराबरको धनमाल सोमबार राति लुटपाट भएको हो ।

ती महिलाको घरमा आएका ३ जना अपरिचित ब्यक्तिहरुले बिजुली बन्द गरी पानी पिउन मागेको र पानी दिने क्रममा अचानक खुकुरी देखाई कुटपिट गरी उक्त धनमाल लुटपाटगरेको बताइएको छ ।

कुटपिटबाट घाइते महिलाको रामपुर अस्पताल पाल्पामा सामान्य उपचार पश्चात थप उपचारका लागि लुम्बिनि मेडिकल कलेज प्रभास पाल्पा पठाइएको छ ।
लुटपाटमा संलग्न हाल फरार व्यक्तिहरुको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै

स्याङजामा एकै दिन समातिए १११ जना जघन्य अपराधका फरार अभियुक्त

स्याङजा प्रहरीले एकैदिन एकसय ११ जना विभिन्न जघन्य अपराधका अभियुक्तलाई पक्राउ गरेको छ । 

कार्तिक १९, २०७७

मुकेश चौरसियाको हत्याका मुख्य आरोपी पक्राउ 

प्रहरीले सत्तारुढ नेकपा पर्साका सदस्य तथा विन्दवासिनी गाउँपालिका कमिटीका सचिव मुकेश चौरसियाको हत्याका मुख्य आरोपीलाई पक्राउ गरेको छ ।  

कार्तिक १९, २०७७

काठमाडौंमा १६ वर्षअघि अपहरण गरेर लुटपाट गर्ने जगन्नाथ ढकाल पक्राउ

प्रहरीले १६ वर्ष अघि मोटरसाईकलमा सवार ब्यक्तिलाई दिनदहाडै अपहरणगरि लुटपाटगर्ने गिरोहका नाईकेलाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाले ७ असोज २०६१ मा काठमाण्डौको जडिवु...

कार्तिक १९, २०७७

ललितपुरमा जीपको ठक्करले साइकल यात्री र बटुवाको मृत्यु

ललितपुरको बालकुमारी र ग्वार्को चोकमा भएका बेग्लाबेग्लै घटनामा मंगलबार राती एकजना बटुवा र अर्का साइकल यात्रीको मृत्यु भएको छ ।

कार्तिक १९, २०७७