
सिरहा जिल्लाको गोलबजार नगरपालिका ६ स्थित गोलबजारबाट कार्तिक २७ गते एपीएफ टोलीले नक्कली नोट छाप्दै गरेका तिन जनालाई रंगेहात पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही जिल्लाको कल्याणपुर नगरपालिका ७ बस्ने २४ वर्षिय बिमलेन्द्र कुमार नायक, गोलबजार नगरपालिका १२ बस्ने २५ वर्षिय धिरज यादब र २० वर्षिय सन्जे राय छन् ।
केही ब्यक्तिहरुले नक्कली नोट छाप्ने कार्य गरीरहेको भन्ने सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा
वेश गोलबजारबाट खटिएको एपीएफ टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
केही दिन अघि देखि सो ठाँउमा डेरा गरी बसेका उनीहरुलाई त्यसबेला नक्कली नोट छापीरहेको अबस्थामा फेला पारीएको हो ।
एपीएफ टोलीले त्यसबेला एक हजार दरको एक सय ४ वटा नक्कली रुपैयाँ तथा छाप्दैगरेको एक हजार दरकै पाँच सय ८० वटा नक्कली रुपैयाँ बरामद गरेको छ ।
एपीएफ टोलीले पक्राउ परेकाहरुलाई बरामद नक्कली रुपैयाँ सहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।
प्रहरीले केही दिनअघि नियन्त्रणमा लिएका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताका साथबाट नेपाली सेनाको युद्ध भैरब गणसँग सम्बन्धित महत्वपूर्ण...
प्रहरीले बोक्सीको आरोपमा महिलालाई गालीगलौज गरेको आरोपमा दुई फरक घटनामा संलग्न ३ आरोपीलाई पक्राउ गरेको छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit