Saturday, 28 June 2025 | २०८२ असार १४, शनिवार

जोगवनी नाकाबाट नगद र सुनसहित भारतीय नागरिक पक्राउ

हुण्डीको नगद र तस्करीको सुनको गहनासहित एक जना भारतीय नागरिकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

भारतबाट तस्करी गरेर नेपालतर्फ ल्याउदै गरेको साढे २४ तोला सुनको गहना र हुण्डीको अवैध ६ लाख ६२ हजार रुपैयासहित सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट रानीले भारतीय नागरिक दीपक कुमार भगतलाई मोरङको सलामपुरबाट नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरी बीओपी रानीका प्रमुख इन्स्पेक्टर मौसम पोखरेलको नेतृत्वमा खटिएको टोलीले भगतको साथबाट २८९.४४० ग्राम सुनको गहना बरामद गरेको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ पौडेलले जानकारी दिए ।

उनले भगतको साथबाट लकेट ३७ थान, हातमा लगाउने ब्रास्लेट ४ थान, झुम्का १० थान, चुरा २ थान र मोवाइल एक थान बरामद गरेको बताए ।

गत चैत महिनादेखि जोगवनी नाका ठप्प छ, तर यो नाकामा तस्करहरु सक्रिय रहेका छन् ।  खुल्ला सिमाना भएको मोरङमा दैनिक जसो खाद्यन्नका सामान र लत्ताकपडाहरु तस्करी गरेको सामानहरु बरामद हुने गरेको सशस्त्र प्रहरीले जनाएको छ ।
 

प्रतिक्रिया

114
प्रतिकृया थप्नुहोस्
प्रतिकृया थप्नुहोस्
सम्बन्धित समाचार सबै

क्रिकेटका सट्टाबाज जसले ५० लाख ठगे , भारतीय आधार कार्ड सहित पक्राउ

प्रहरीले अनलाइन बेटिङका दुईजना नाईकेलाई पक्राउ गरेको छ । उनीहरुले अनलाइन जुवा खेलाउने र नेपाली जुवाडेलाई सिक्किम देखि श्रीलंकासम्म पुु¥याएर घरबार बिहिनसम्म बनाउने गरेका थ...

कार्तिक २२, २०७७

दोस्रो पटकमा छोरी मार्न सफल एक क्रुर बाबु

जव प्रहरीले हत्याको सुपारी लिने सुराक पायो । तब प्रहरी स्पष्ट भयो , यो हत्या नेपालमा बिस्तारै झाङिगन थालेको ‘अनर किलिङ’ को हो भन्नेमा ।

कार्तिक २२, २०७७

यी निष्ठुरी आमा जसले दुई नवजात शिशुको हत्या गरेर फोहरसँगै फालिन

दक्षिण क्यारोलिनाकी एक ३२ वर्षे आमालाई दुई फरक घटनामा आफ्ना नवजात शिशुको हत्या गरेर फोहरको कन्टेनरमा फालेको प्रमाणित भएपछि स्थानिय अदालतले ४० वर्षको जेल सजाय सुनाएको छ । 

कार्तिक २२, २०७७