
कोशी टप्पु बन्यजन्तु आरक्ष क्षेत्रमा करेन्ट लागेर एउटा बयस्क हात्तीको मृत्यु भएको छ । सप्तरीको कंचनरुप परेमारा गाउँमा बिजुलीको पोल ढलेर करेन्ट लाग्दा हात्तीको आईतबार राती मृत्यु भएको हो ।
आरक्षबाट निस्किएको हात्तीले बिजुलीको पोलमा अडेस लगाउदा पोल नै ढलेको थियो ।
कोशी टप्पु वन्यजन्तु आरक्ष कोशी नदीको तटमा रहेको संरक्षित क्षेत्र हो। यो वि.स. २०३२ (सन् १९७६) सालमा स्थापना भएको हो।
यस कोशी टप्पु वन्यजन्तु आरक्ष १७५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। यस आरक्ष सुनसरी, सप्तरी र उदयपुर गरेर तिनवटा जिल्लामा फैलिएको छ।
सन् १९८७ रामसार सुचीमा सुचीकृत भएको नेपालको पहिलो ठूलो रामसार क्षेत्रका रूपमा परिचित यस आरक्षमा विभिन्न ४८९ प्रजातीका चराहरू, २१९को संख्यामा दुर्लभ अर्ना र १२/१२ वटा दुर्लभ डल्फीनसमेत पाईन्छ।
नेपाल सरकारले जनसहभागितामा संरक्षण कार्य अगाडि बढाउने लक्ष्यले मध्यवर्ती क्षेत्रको घोषणा गरी, यस मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको गठन २०६१ भदौ ३१ मा गरिएको हो।
मध्यवर्ती क्षेत्रको क्षेत्रफल १७३ वर्ग कि.मी रही ३ जिल्लाको (सुनसरी, सप्तरी, उदयपुर) १६ वटा गाउँ विकास समितिहरू समेटिएको छ। मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिमा ९ जना समिति सदस्य, १ जना समिति अध्यक्ष तथा १ सदस्य सचिव संरक्षण अधिकृत लगायत १३ सदस्यीय व्यवस्थापन समिति रहेको छ।
मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिलले विशेष गरेर आरक्ष वरिपरी रहेका प्राकृतिक श्रोतको संरक्षण र सदुपयोग, स्थानीय सामुदायिक विकास लगायत आरक्ष संरक्षणमा सहयोग र सल्लाहकारको भूमिका निर्वाह गर्ने गर्छन्।
यहाँ हरेक वर्षझैं विश्व सिमसार दिवस तथा दशौँ राष्ट्रिय चरा महोत्सव मनाइन्छ। कोशी टप्पु वन्य जन्तु आरक्षण दक्षिण पूर्वी तराईको सुनसरी जिल्लामा सप्तकोशी को तमा अवस्थित छ।
यो आरक्ष २०३२ साल (सन १९७६) मा लोपोन्मुख अवस्थामा रहेका अर्ना (जंगली भैँसी)हरूको संरक्षीत बासस्थानको रूपमा स्थापना भएको हो। कुल क्षेत्रफल १७५ वर्ग कि.मि. भएको यो आरक्षण नेपालको सबैभन्दा सानो आरक्षण हो। यसको दक्षिणी सिमामा सप्तकोशी नदीको बाँध रहेको छ।
राम्रो र ठूलो सिमसार क्षेत्र भएका कारण यस आरक्षमा र्साईवेरिया देखि घुमन्ते चराहरू आवत जावत गर्ने गर्दछन्, त्यति मात्र नभई यो आरक्ष दुर्लभ गिद्धको लागि पनि प्रसिद्ध मानिन्छ।
प्रहरीबाट लुक्नका लागि कुखुरा पालनका लागि बनाइएको खोरमा कौडा खेलिरहेका २४ जुवाडे पक्राउ परेका छन् ।
जव प्रहरीले हत्याको सुपारी लिने सुराक पायो । तब प्रहरी स्पष्ट भयो , यो हत्या नेपालमा बिस्तारै झाङिगन थालेको ‘अनर किलिङ’ को हो भन्नेमा ।
हडकड, दुबई र जापान पुगेका यात्रुको हातमा कोभिड–१९ को नेगेटिभ र जाँजगर्दा पोजेटिभ रिपोर्ट
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit