
उनले पहिलो पटक आफ्नै सहोदर छोरीको हत्या भारतमा गर्ने योजना बनाए । साली मार्ने योजनामा भिनाजु समेत तयार भए ।
उनलाई उपचारका लागि भारत लगेर हत्याको योजना बन्यो ।
यसका लागि रौतहट परोहा नगरपालिका–४ का छोटेलाल साहलाई एकलाख ५० हजार रुपैयाँ हत्या गरे बापतको रकम (सुपारी) समेत दिइयो ।
तर, भाग्यले अमृताकुमारी साह भारतमा हत्याराहरुको पञ्जाबाट उम्किएर माइती आईपुगिन । त्यही माईती जहाँ उनका सहोदर बाबु, आमा र भिनाजुले उनको हत्याको योजना बुनेका थिए ।
यो घटना उनको हत्या हुनुभन्दा १७ दिन अघिको हो ।
९ कात्तिक २०७७, महानवमीका दिन अमृताकुमारीलाई भारतमा मार्ने योजना बनेको थियो ।
भारतमा मार्ने योजना असफल भएपछि अमृताकुमारीका बुवा र भिनाजुले अर्को योजना बनाए ।
बुवा रामअयोध्याप्रसाद साह, भिनाजु लक्ष्मण साहले स्थानीय लक्ष्मिनीया बस्ने कैमुल देवानलाई एकलाखको अर्को सुपारी दिए ।
यसपटक भने निशाना चुकेन ।
२६ कात्तिकको राती योजना अनुसार आमा सितादेवी साह शौचालय जान हिडिन् । आफैले जन्म दिएकी छोरी मार्ने हत्यारालाई सजिलो होस भनेर उनीसँगै सुतेकी छोरीलाई छाडेर बाहिर निस्किइन् ।
रौतहटको माधवनारायण नगरपालिका–७ लौकाहामा त्यो रात गोलीको चर्को आवाजले गाउँले निद्रा बिथोलियो ।
१७ वर्षीया अमृताकुमारी साहको दाहिने कन्चटमा गोली लागेको थियो । उनले ऐया पनि भन्न नपाई मृत्युवरण गरिन् ।
हत्यामा संलग्न अभियुक्तहरू ।
‘इज्जत’ ले ‘अनर किलिङ’
अमृता र थारु भन्ने सोसिन्द्र प्रसाद भगतको प्रेम ३ वर्ष पुरानो थियो । तर यो सम्बन्ध अयोध्याप्रसाद र परिवारलाई मान्य थिएन् । अन्ततः अमृताकुमारीलाई उनको मञ्जुरी बिना २०७६ को फागुनमा सर्लाहीका रुपेश साहसँग विवाह भयो ।
तर, एकदिन रुपेशलाई कसैले छुरा प्रहार गरे । यसको आरोप अमृता कुमारी र उनका प्रेमी सोसिन्द्रलाई लाग्यो । उनीहरु दुबै बिरुद्ध ज्यानमार्ने उद्योगमा मुद्दा चलिरहेको छ । यद्यपी अहिलेसम्म घटनामा कस्को संलग्नता छ भन्ने खुलिसकेको छैन् ।
यही घटनापछि अमृताकुमारी माईतीमा आएर बस्न थालिन् ।
विवाहको पाँच महिनामै अमृता र रुपेशको सम्बन्ध बिच्छेद भयो । सम्बन्ध बिच्छेदपछि ज्यानमार्ने उद्योगमा रुपेशले अमृताकुमारी र उनका प्रेमी बिरुद्ध मुद्दा दर्ता गरेका थिए ।
अयोध्याप्रसादलाई यीनै बिषयले छोरी मार्ने योजना बुन्न प्रेरित गर्यो ।
उनलाई कुनदिन छोरीलाई प्रहरीले हतकडी लगाएर लैजाने भन्ने डरले सताउन थाल्यो । यस्तै प्रेमी सोसिन्द्रसँग भागेर जाने हो कि भन्ने अर्को डर थियो ।
यसमाथि गाउँघरमा विवाह भएको पाँच महिनमै छोरी घर फिर्ता आएर बसेको ताना सुन्न परिरहेको थियो ।
उनले यसमा आफ्नो इज्जत लिलाम भइरहेको अनुभव गर्न थाले । बिस्तारै आफैले जन्मदिएकी छोरीमाथि बितृष्णा बढदै गयो ।
अनि उनले आफ्ना ज्वाईसँग छोरी मार्ने योजना बुन्न थाले ।
प्रहरीले हत्या लगत्तै अनुसन्धानमा अमृताकुमारीको हत्या उनका पूर्व श्रीमानको योजनामा भएको हुनसक्ने आशंका गरेको थियो । तर यो कोण फेल भएपछि प्रहरीले परिवारभित्रै हत्याको कारण खोज्न थाल्यो ।
जव प्रहरीले हत्याको सुपारी लिने सुराक पायो । तब प्रहरी स्पष्ट भयो , यो हत्या नेपालमा बिस्तारै झाङिगन थालेको ‘अनर किलिङ’ को हो भन्नेमा ।
प्रहरीले हत्यामा संलग्न रहेका अयोध्याप्रसाद र सितादेबीलाई सुरुमा पक्राउ गर्यो । उनीहरुको बयानका आधारमा छोटेलाल साह, शेख इम्तियाज, बहुदल भन्ने इस्लाम अंसारी र शेख इलियासलाई पक्राउ गरेको छ ।
उनीहरु बिरुद्ध कर्तब्य ज्यान मुद्धामा कारवाही भइरहेको रौतहट प्रहरी प्रमुख एसपी सिद्धीविक्रम शाहले पर्दाफासलाई बताए ।
cialis for sale - tadalafil 20mg buy cialis 10mg generic
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit
cialis for sale - tadalafil 20mg buy cialis 10mg generic