Saturday, 28 June 2025 | २०८२ असार १४, शनिवार

सर्लाहीमा छिमेकीको सेफ्टिक ट्यांकीमा भेटियो बालकको शव, सातजना पक्राउ

सर्लाहीमा पाँच दिनदेखि हराइरहेका एक बालकको शव सेप्टिक ट्यांकीभित्र फेला परेको छ ।

 

सार्लाही प्रहरीले दिएको जानकारीअनुसार १० वर्षीय आकाश ठाकुरको शव छिमेकी जगदीश ठाकुरको घरसँगै रहेको सेफ्टिक ट्यांकीमा फेला परेको हो । 

 

प्रहरीका अनुसार बालकको हत्या गरी बोरामा हाली शव सेफ्टिक ट्यांकीमा हालिएको पाइएको छ । 

 

गाउँमै आयोजना गरिएको भोज खान जाँदा गत चैत २० मा हराएका आकाश राति अबेरसम्म घर नफर्किएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए । खोजी गर्दै जाँदा प्रहरीले बालकको शव फेला पारेको हो ।

 

प्रहरीले बालकका छिमेकी जगदीश ठाकुरसहित ७ जनालाई नियन्त्रणमा लिएको छ । 

 

बालकको शव पोष्टमार्टमका लागि सदरमुकाम मलंगवास्थित अस्पताल लगिएको छ र यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै

हल्लाकै भरमा बढदै छ लजालु रेड पाण्डाको सिकार

बन्यजन्तुको सोधकर्ताहरुका अनुसार काठमाडौंमा रेडपाण्डा महँगोमा विक्री हुने हल्लाकै भरमा पछिल्लो आधा दशक देखि यो लजालु र अति सुन्दर जनावर अनाहकमा मारिने गरेका छन् । 

चैत २४, २०७८

दाङमा बोक्सीको आरोपमा महिला माथी हातपात, दुई महिला एक पुरुष पक्राउ

प्रहरीले बोक्सीको आरोपमा महिलालाई गालीगलौज गरेको आरोपमा दुई फरक घटनामा संलग्न ३ आरोपीलाई पक्राउ गरेको छ ।

चैत २४, २०७८