Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

सरकार फेरिएसंगै राजदूत फिर्ता बोलाउने चलनको अन्त्य गर्न सांसदहरुको माग

सरकार परिवर्तन हुनासाथ राजदूत फिर्ता बोलाउने बेथितिको अन्त्य गर्नुपर्नेमा सांसदहरुले जोड दिएका छन् । 

 

 

शुक्रबार प्रतिनिधि सभा अन्र्तगतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै सांसदहरुले सरकार परिवर्तन भएसँगै राजदूतहरुलाई फिर्ता बोलाउने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताएका हुन् । बैठकमा बोल्दै नेकपा एमालेका सांसद भीम रावलले सरकार र मन्त्री फेरिनासाथ राजदूत फिर्ता बोलाउनुलाई बेथितिको संज्ञा दिएका छन् । यसरी समय अगावै राजदूतलाई फिर्ता बोलाउनाले विश्वजगतमा राज्य कमजोर हुने उनले बताएका छन् । नेपालको कुटनीतिक क्षेत्र सुदृढ र प्रभावकारी नबनेको उल्लेख गर्दै उनले समयानुकुल काम गर्न नसक्ने अवस्थामा पुगेको पनि बताएका छन् ।

 

 

‘हामीले कुटनीतिक नियोगमा पठाउने भन्या त राष्ट्रको हितको साधना गर्ने, त्यो देशको प्रतिनिधित्व गर्ने व्यक्ति हो । अनि एउटा मन्त्री फेरियो, राजदूत पनि फेरियो । यो बेथितीलाई बन्द गर्नुपर्छ । यो बन्द नगर्ने हो भने कुटनीतिक क्षेत्रमा पनि देशभरी जसरी आफ्नो सत्ता, पद, स्वार्थका लागि जे पनि गर्ने हाम्रो खराब प्रवृत्ति मौलाएको छ । कुटनीतिक क्षेत्रमा पनि यो हुनु भनेको के हो भने अन्तत्ः आजको प्रतिस्पर्धी विश्वमा विभिन्न दृष्टिकोणबाट राज्य एकदमै कमजोर हुने र हाम्रो कुटनीतिक क्षेत्रको केही वर्ष यताको तुलना ग¥यौँ भने त्यसमा कुनै सुदृढिकरण, प्रभावकारीता भन्दापनि युगानुकुल काम गर्न नसक्ने अवस्थामा पुगेको जस्तो आभाष हुन्छ । भाषा, कुटनीतिक विषयको ज्ञान, त्यो देश बारेको ज्ञान, त्यहाँको परिवेशको जानकारी राख्ने हुनुपर्छ’ उनले भने ।

 

 

सांसद रावलले साना देशका लागि कुटनीतिक क्षमता वृद्धि गर्नु देशको अस्तित्वसँग गासिने तर्क गर्नुभयो । त्यसैगरी उहाँले अहिले नेपालमा सिमानासँग सम्बन्धित विषय संवेदनशील भएर आएको भन्दै  देशको सुरक्षा गर्ने र जनताको सुरक्षा गर्ने राज्यको प्रमुख कर्तव्य भएको बताउनुभयो । नेपालको सिमाना मिचिदा पनि परराष्ट्र मन्त्रालय मौन बसेको उहाँले बताउनुभयो ।

 

 

बैठकमा बोल्दै सांसद पुष्पा भुसालले सरकार परिवर्तन सँगै राजदूत फिर्ता बोलाउनुले राम्रो सन्देश नगएको टिप्पणी गरेकी छन् । उनले निश्चित समयसम्म राजदूतलाई फिर्ता बोलाउन नपाउने व्यवस्था गर्नुपर्ने बताएकी छन् । 

 

 

‘राजदूत नियुक्ती गरीसकेपछि मुलुकको सरकार परिवर्तन हुने बित्तिकै राजदूतलाई फिर्ता गर्ने जुन अभ्यास र प्रचलन अगाडी आयो यसको सन्देश त्यति राम्रो जान नसकेको हामीले अनुभुति गरेको हुनाले कम्तिमा यति समय अगावै फिर्ता गर्न नमिल्ने भनेर एउटा छलफल, संवाद चलाउन सक्छौँ’ उनले भनिन् ।

 

 

उनले नेपालमा सरकार परिवर्तन भइरहने भन्दै राजदूत परिवर्तन भइरहँदा दुई देश बीचको सम्बन्धमा समेत असर पर्ने धारणा राखेकी छन् ।

प्रतिक्रिया

1
  • Emrwjb

    फाल्गुण २, २०७८

    buy tadalafil 40mg online - buy tadalafil 5mg sale cialis 10mg pills

प्रतिकृया थप्नुहोस्
  • Emrwjb

    फाल्गुण २, २०७८

    buy tadalafil 40mg online - buy tadalafil 5mg sale cialis 10mg pills

प्रतिकृया थप्नुहोस्
सम्बन्धित समाचार सबै