Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन कांग्रेसको निर्देशन

फाइल तस्बिर

प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले बिहीबार बस्ने प्रतिनिधिसभाको बैठकमा आफ्ना सांसदहरुलाई अनिवार्य उपस्थितिका लागि निर्देशन दिएको छ ।

 

 

संसद् बैठकमा अनिवार्य उपस्थितिका लागि सबै सांसदहरुलाई निर्देशन गरिएको कांग्रेस सचेतक पुष्पा भुसालले जानकारी दिएकी छन् । आइतबारको संसद् बैठकमा टेबल भएको अमेरिकी अनुदान सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्बन्धी प्रस्तावमाथि बिहीबारदेखि सैद्धान्तिक छलफल प्रारम्भ हुँदैछ ।

 

 

एमसीसी सम्झौता अनुसार यही फागुन १६ गतेसम्म उक्त प्रस्ताव संसद्बाट अनुमोदन गरिसक्नुपर्छ । ठूला राजनीतिक दलमध्ये हालसम्म कांग्रेस मात्र स्पष्ट रुपमा खुलेर एमसीसीका  पक्षमा देखिएको छ । सरकारले अन्य दललाई पनि एमसीसी अनुमोदनका लागि सहयोग गर्न आग्रह गर्दै छलफलको प्रयास जारी राखेको छ ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै