Tuesday, 08 October 2024 | २०८१ असोज २२, मङ्गलबार

निर्यातलाई अर्थतन्त्रको इन्जिन बनाउने  रोडम्याप ल्याउदै एफएनसीसीआई 

निर्वाचन मत परिणाम घाेषणापछि गाेल्छा, ढकाल र संघाइ । फाइल फाेटाे ।

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले निर्यात व्यवसायलाई अर्थतन्त्रको इन्जिनको रुपमा विकास गर्नेगरी आफ्नो दृष्टिकोण तयार गर्ने भएको छ । 


महासंघका अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्रको प्रमुख इन्जिनको रुपमा निर्यात क्षेत्रलाई विकास गर्ने गरी महासंघले आफ्नो दृष्टिकोण निर्माण गर्न लागेको जानकारी दिएका हुन् ।


निर्यात व्यवसायी महासंघले नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई एवं शुभकामना प्रदान गर्न मंगलबार आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले अवको १ सय दिन भित्रमा स्पष्ट दृष्टिकोण ल्याउने बताए । 


अहिले अर्थतन्त्रको इन्जिनको रुपमा रेमिट्यान्स मात्र रहेको र कुनैपनि बेला रेमिट्यान्समा कमि आउँदा देशको अर्थतन्त्र नै भत्किने सम्भावना भएकाले अर्को इन्जिनको रुपमा निर्यात क्षेत्रलाई प्रोत्साहन गरिने उनले बताए ।

 

त्यसका लागि निर्यातजन्य उद्योग व्यवसायको कस्ट अफ फण्ड घटाउने विषयमा सरकारसँग महासंघले पहल गर्ने जानकारी उनले गराएका थिए । निर्यात व्यवसायमा सरकारबाट इन्सेन्टिभ कम भएकाले पनि निर्यात प्रवद्र्धनमा समस्या देखिएको अध्यक्ष गोल्छाको भनाई छ ।

 

कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निर्यातलाई प्रवद्र्धन गर्न नसक्नुको कारण नीतिगत व्यवस्थामा भएको कमजोरी नै रहेको बताए ।

 

अहिले भन्दा ३० वर्ष पहिला नेपालको निर्यातको अवस्था आयातको तुलनामा धेरै नै राम्रो भएकोमा अहिले क्रमश घट्दै गएकोले पनि समस्या देखिएको ढकालले बताए ।

 

त्यसैले महासंघले निर्यात प्रवद्र्धनका लागि नीतिगत सुधार गर्न सरकार समक्ष सक्रिय रुपमा माग राख्ने उनले जानकारी दिए । 

 

कार्यक्रममा उद्योगी व्यवसायीहरुले महासंघको गरिमालाई तलमाथि गरेर उदाउदो निजी क्षेत्रको शिर झुकाउने काम नगर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

निर्वाचन अगाडि भएका प्यानल निर्वाचनको नतिजासँगै समाप्त भएकाले पनि अब एक भएर समग्र निजी क्षेत्रको हितमा काम गर्ने उनीहरुको भनाई छ ।

प्रतिक्रिया

114
प्रतिकृया थप्नुहोस्
प्रतिकृया थप्नुहोस्
सम्बन्धित समाचार सबै