
सरकारले राष्ट्रियसभामा ‘आर्थिक सर्वेक्षण २०७८/७९’ पेश गरेको छ ।
आइतबार बसेको राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले सो आर्थिक सर्वेक्षण पेश गरेका हुन् ।
यसअघि बैठकले सांसदहरु अनिता देवकोटा, देवेन्द्र दाहाल, गोपीबहादुर सार्की अछामी,
मदनकुमारी साह गरिमा, प्रमिला कुमारी र शेखर कुमार सिंह रहेको राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समिति पुनर्गठन गरेको छ ।
अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सो कार्यव्यवस्था परामर्श समिति पुनर्गठनका लागि प्रस्ताव गरेका सांसदहरुको नामावलीमा बैठकले सहमति जनाएको हो ।
राष्ट्रियसभाको अर्को बैठक आजै साँझ साढे ६ बजेका लागि बोलाइएको छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit