Friday, 16 May 2025 | २०८२ जेठ ३, शुक्रबार

‘जीडीपीमा पर्यटनको योगदान बढाउन विदेशी पैसा बैंकिङ च्यानलमार्फत आउनुपर्छ’

नेपाल पर्यटन बोर्डले बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले पर्यटन व्यवसायीहरुले प्याकेज बिक्री गरे बापतको रकम बैंकिङ च्यानल भन्दा बाहिरबाट आउने गरेकाले पर्यटन क्षेत्रको जिडिपीमा योगदान कम देखिएको बताएका छन् ।

 


सोमबार पर्यटन बोर्डको तर्फबाट नवनियुक्त बोर्ड सदस्य, नाटा र भिटोभका नयाँ कार्यसमिति सदस्यहरुलाई स्वागत गर्दै उनले यस्तो बताएका हुन्। 

 


उनले पर्यटकहरुले अनलाइन मार्फत किनेको प्याकेज ७० प्रतिशत रकम विदेशी खातामा नै जम्मा गर्ने गरेकाले पर्यटन क्षेत्रको योगदान कम हुँदै गएको बताए ।

 

कार्यकारी प्रमुख डा. रेग्मीले पर्यटन क्षेत्रले मुलुकको कुल गार्हस्थ्य उत्पादनमा ७ देखि १० प्रतिशत योगदान रहेकाले त्यो योगदान कायम राख्न यस्तो रकम बैंकिङ च्यानल मार्फत नेपाल आउनुपर्ने बताए ।

 

 
उनले व्यवसायीले कार्यकारी प्रमुखले सधैँ करको कुरा गर्ने आरोप लगाएको बताए । उनले पर्यटन क्षेत्रले राज्यलाई पु¥याउने योगदानको विषय गर्वका साथ भन्नसक्ने अवस्था सिर्जना गर्ने वातावरण बनाउनको लागि करको विषय उठान गरेको बताए । 

 

 

प्रमुख रेग्मीले कोभिडपछि पर्यटनमा देखिएको समस्या समाधान गर्न बोर्डले काम गरिरहेको बताए । उनले पछिल्ला समय नेपालमा पर्यटक आगमनमा भएको बृद्धिले पर्यटन छिट्टै लयमा फर्किने आशा जगाएको बताए ।

 

 

बोर्डले क्यानडामा नेपालको प्रवद्र्धनमा काम गरिरहेका बोर्डका मानार्थ जनसम्पर्क प्रतिनिधि (एचपीआरआर) नरबहादुर टण्डनलाई पनि सोही अवसरमा सम्मान गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै