Tuesday, 08 October 2024 | २०८१ असोज २२, मङ्गलबार

वस्तु आयातमा शतप्रतिशत मार्जिनले साना व्यवसायी मर्कामा

नेपाल राष्ट्र बैंकले विदेशबाट वस्तु आयात गर्दा शतप्रतिशत मार्जिनको व्यवस्थाले साना व्यापारी मारमा परेको बताएका छन् ।

 

सरोकारवाला निकायहरुसँग छलफल समेत नगरी आयातमा शतप्रतिशत मार्जिनको व्यवस्था गरेकाले आयात गरिएको सामान भन्सारमा नै रोकिँदा व्यापार धराशायी बन्न लागेको बताएका हुन् । साना व्यवसायी तथा व्यापारीहरुले मौसम अनुसारका सामान ५ महिना अगाडि नै खरिदमा लगानी गरेको अहिलेसम्म पनि बजारमा सामान नआएकाले बैंकको ब्याज बढेर व्यवसायबाट भाग्नु पर्ने अवस्था आएको बताएका छन् । 

 

नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले सामान आयातमा सतप्रतिशत मार्जिन व्यवस्थाले व्यापारीहरुलाई मानसिक तनाब बढाएको बताए । उनले मार्जिन लागू हुनुभन्दा अगाडि अर्डर गरेर ल्याएका सामान समेत विभिन्न बहानामा तीन महिना देखि भन्सारमा नै रोकिएको बताए । 

 

कटुवालले सरकारले मार्जिन व्यवस्था लागू गर्नुभन्दा अगाडि अर्डर गरेर खरिद गरिएको समान आयातको विषयमा अध्ययन विना नीति लागू गरेकाले अहिले व्यवसायीहरुलाई मर्का परेको दाबी गरे । उनले अहिले भन्सारमा सामान ल्याउने कन्टेनरको समेत भाडा बढेकाले बजारमा आउने समानको अत्यधिक मूल्यवृद्धि भएको बताए । 

 

साना तथा मझौला व्यवसायीहरुको पहुँज नपुग्ने भएकाले सरकारले साना व्यवसायीहरुलाई उपेक्षा गरेको अध्यक्ष कटुवाले आरोप लगाए । गर्मी मौसमको लागि पाँच महिना अगाडि खरिद गरेका सामान बजारमा आउनु पर्ने भए पनि भन्सार नाकामा समान रोकिएर बसेको तर सरकारले भन्सारमा सहजीकरण गर्ने काम नगरेको बताए । 

 

चीन सरकारले अघोषित नाकाबन्दी गरेर दिन २ वटा कन्टेनर भन्सारबाट पठाउँदा तीन वर्षदेखि साना व्यवसायीहरु समस्या रहँदा सरकारको आँखा नपुगेको बताए ।

 

‘महिनाभन्दा बढी भएको छ । यो अवधिका उद्योगी तथा व्यापारीहरुले भोग्नु परेको समस्या छ । त्यसले मानशिक तनाब दिएको छ । जुन बेला मार्जिन लागू भयो । त्यो बेला मुलुकको अर्थतन्त्रको अवस्थालाई हेरेर लागू हुनुपर्छ तर त्यहाँ व्यवस्था गरिएका घातक बुदाहरु संशोधन गर्नु पर्छ भन्ने व्यवसायी महासंघको माग थियो । एक महिनामा यसले व्यवसायीहरुलाई विभिन्न भन्सार नाकामा ल्याएका सामान काठमाडौंसम्म कसरी ल्याउने भन्ने चिन्ता र बिचौलियाको हातमा जान थालेको छ । अहिले पाइप लाइनमा भएको सामान ल्याउनलाई समस्या भएको छ,’ कटुवालले भने ।

 

‘मार्जिनको व्यवस्था गर्नू भन्दा अगाडि अर्डर गरेको समान कसरी ल्याउने भन्ने कुरा नसोचि सरकारले नीति बनाउँदा समस्या भएको अवस्था छ । सामान ल्याउँदा विभिन्न क्षेत्रले बार्गेनीङ गर्न सुरु गरेको छ । भन्सारबाट ल्याउने एक कन्टेरको भाडा बढेको छ । समयमा नै अडर गरेको सामान ल्याउन सकिएको छैन । सरकारले बाटोमा आउन लागेको सामान आउने वातावरण बनाएको भए आज समस्या आउने थिएन । यस्ता समस्याले बजारमा मूल्यवृद्धि भएको छ,’ उनले भने ।

 

कटुवालले अगाडि भने, ‘हामीले तीन वर्ष देखि चीनले उत्तरी नाकामा अघोषित नाकाबन्दी गरेको भन्दै आएका छौं । भर्खर मात्रै प्रराष्ट्र मन्त्रालयको आँखा खुलेको छ । तीन वर्षका हजारौ व्यवसायीले व्यापारबाट हात धोएपछि, आत्महत्या र घर धितोमा लिलाम भएपछि अहिले बोलेको छ । नियमनकारी निकायमा बस्ने कर्मचारीहरुले कोठामा बसेर निर्णय गर्दा बजारका समस्या हल हुँदैन । बजारमा आए समस्या बुझ्नुपर्छ । तर दुई जना कर्मचारी पाएर व्यापारीलाई ठोक अनुगमनमा पाउन सकिन्छ । तर तीन वर्ष देखि थलिएर रहेको व्यवसायीको समस्या बुझ्ने काम भएन । त्यसले गर्दा हजारौ उद्योगी व्यवसायी पासवर्ड बनाए विदेशिन बाध्य भएका छन् ।’


 

त्यस्तै, काठमाडौंको महाबौद्धमा कपडा व्यापार गर्ने व्यापारी झविन्द्र जीसीले तीन महिना अगाडि गर्मी महिनाको सामान खरिद गरे पनि अहिलेसम्म भन्सारबाट सामान नआएको बताए । उनले सरकारले सामान आयातमा ल्याएको शतप्रतिशत मार्जिनको नीतिले साना व्यवसायीलाई थप मारमा पारेको बताए ।

 

 

सरकारको नीतिको कारण साना व्यापारी मर्कामा परेको अर्का व्यापारी कुलेन्द्र जीसीले जनाए । उनले अर्डर गरिएका समान भन्सारबाट सहज रुपमा पाँच महिनासम्म नआउँदा व्यापार नै ठप्प रहेको बताए ।

 

 

व्यापारीहरुले पाँच महिना अगाडि अर्डर गरेको समान समयमा नै नआउँदा व्यापार गर्न समेत नपाएको बताएका छन् । बैंक कर्जाको ब्याजदर वृद्धि, भाडा वृद्धि र सामानको मूल्य वृद्धिको कारण व्यापार गर्न नसक्ने अवस्था आएको उनीहरुको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै