Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

धाैलागिरी हिमालमा दुर्घटनाग्रस्त हेलिकोप्टरको पाटपुर्जा र दुई ब्यक्तिको शव फेला

नेपाली सेनाको हिमाल सरसफाइ अभियानका लागि धौलागिरी हिमालमा खटिएको सैनिक टोलीले बेस क्याम नजिक दुर्घटनाग्रस्त हेलिकोप्टरको पाटपुर्जा र दुई ब्यक्तिको शव फेला पारेको छ । 

 

सैनिक प्रवक्ता सहायक रथी सन्ताेष बल्लभ पाैडेलले यसको जानकारी सार्वजनिक गरेका हुन् । उनका अनुसार धौलागिरी हिमालको बेसक्याम्पमा पाटपुर्जा र शव बिहीबार भेटिएको थियो । 

सेनाका अनुसार ९ मार्च २००६ मा एयर डाइनेस्टी  हेली सर्भिसकाे नाइन एन एसीआर कल साइन भएकाे हेलिकाेप्टर धाैलागिरी क्षेत्रमा दुर्घटना भएकाे  थियाे । 

 

प्रवक्ता पाैडेलले भेटिएका शवका बिषयमा साेधखाेज भइरहेकाे पर्दाफाससँग भने । 

प्रतिक्रिया

113
प्रतिकृया थप्नुहोस्
प्रतिकृया थप्नुहोस्
सम्बन्धित समाचार सबै