Tuesday, 01 July 2025 | २०८२ असार १७, मङ्गलबार

ललितपुर महानगरपालिकामा कसरी छानिन्छन् कांग्रेसका उम्मेदवार ? 

अहिले सत्तारुढ गठबन्धनहरुको बीचमा स्थानीय तहको निर्वाचनमा उम्मेदवार तय गर्ने विषयमा छलफल चलिरहेको छ ।

 

गठबन्धनका दलहरुले स्थानीय तहको लागि उम्मेदवार कसरी तय गर्ने भन्ने एक किसिमको मापदण्ड पनि बनाएका छन् ।

 

यसैबीच ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले गठबन्धनले महानगरपालिकाको लागि गरेको उम्मेदवारको भागबण्डा आफूले मान्ने बताएका छन् । उनले ललितपुर महानगरपालिकामा यसपटक मेयर पदमा नेपाली कांग्रेसकै दाबी रहने पनि स्पष्ट पारे । 

 


मंगलबार मंगलवार प्रधानमन्त्री निवास बालुवाटारमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मेयर महर्जनले ललितपुर महानगरपालिकाको मेयर तथा उपमेयर अन्य पार्टीलाई नछाड्ने बताए । त्यसैगरी यसअघि नेपाली कांग्रेसले जितेको १० वटा वडाहरु पनि आफूहरुलाई राख्ने महर्जनको भनाइ छ।

 

बाँकी रहेका १९ वटा वडामा पनि आफूहरुले ५० प्रतिशत लिएर भागबन्डा गर्ने महर्जनले बताए । 

 

महर्जनले ललितपुरको मेयरको उम्मेदवार आफू बन्नेमा विश्वस्त रहेको बताए । उनले भने,‘मैले पाउँछु फरकै पर्दैन । जितेको मेयर मै हुँ । जित्नेपनि मै हुँ । गठबन्धनमा जे निर्णय हुन्छ हामी अक्षरश पालना गर्छौं ।’
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै