Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

सरकारमा बसेर एमसीसीको विषयमा दोहोरो भूमिका खेल्न मिल्दैन : मन्त्री झाँक्री

फाइल तस्बिर

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले एमसीसीका विषयमा दोहोरो भूमिका खेल्न नहुने बताएकी छन् । 

 

आज उनले पत्रकारसँग कुराकानी गर्दै सरकारमा बसेर एमसीसीको विषयमा दोहोरो भूमिका खेल्न नहुने बताएकी हुन् ।

 

‘कि त सरकार छोडेर सडकमा जानु प-यो । कि सरकारमा बसेर सडकमा जानु भएन’ उनले भनिन् ।

 

 

सत्ता पनि चाहिने, सरकारको काममा पनि विरोध गर्नुपर्ने हो भने यो विरोधाभाषपूर्ण कुराबाट सबै मुक्त हुनुपर्ने उनको भनाइ थियो । 

 

‘विरोधाभाष कुरा हुँदैन । पाटीले  निर्णय गर्छ भने एक मिनेट सरकारमा बस्न मन छैन’ उनले भनिन् ।

 

सबै जिल्ला कमिटीलाई एमसिसीको विषयमा धारणा पठाउन आग्रह गर्दै उनले एमसीसी गलत भए आफूहरु ब्याक हुने बताएकी छन् ।
आफू अहिलेको सरकारको मन्त्री भएको भन्दै उनले सरकारले गरेको निर्णयविरुद्ध आफू जान नमिल्ने बताएकी छन् । एमसीसी स्वीकार गर्दा र अस्वीकार गर्दा के हुन्छ भन्ने कुरामा सबैले बुझ्न जरुरी रहेको उनको भनाइ थियो । 

 

पार्टीको सचिवालयले एमसीसी यथास्थितिमा पास नगर्ने निर्णय गरेको भन्दै उनले यस विषयमा छलफल हुन जरुरी रहेको बताएकी छन् । तत्कालीन समयमा केपी ओली नेतृत्वको सरकारले संसदमा एमसीसी टेबुल गर्न चाहेकोे भन्दै उनले अहिले नेकपा एमालेको मौनताले केही असहज बनाएको बताएकी छन् ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै