Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

पृथ्वीनारायण शाह राष्ट्र निर्माणका महान नायक हुन् : मन्त्री आले 

संस्कृति, पर्यटन तथा नागरिक उड्डउन मन्त्री प्रेमबहादुर आलेले पृथ्वीनारायण शाहलाई राष्ट्र निर्माणका महान नायकको रुपमा लिनुपर्ने बताएका छन् ।

 

 

सोमबार पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानमा जनसहभागिता विषयक विचार गोष्ठीमा बोल्दै मन्त्री आलेले पृथ्वीनारायण शाहलाई राष्ट्र निर्माणका महान नायकको रुपमा लिनुपर्ने बताएका छन् । उनले पृथ्वीनारायण शाहका विचारहरु आजको लोकतान्त्रिक शासनमा समेत त्यत्तिकै महत्वपूर्ण र मार्गदर्शक रहेको पनि बताएका छन् । उनले नेपालीहरुले हामी नेपाली हौँ भन्ने हो भने पृथ्वीनारायण शाहलाई बिर्सनु नहुने बताएका छन् ।

 

 

‘नेपाल ४ जात ३६ वर्णको साझा फूलबारी हो । प्रजा मोटा भए दरवार बलियो हुन्छ । राजाले अन्याय मुलुकमा हुन नदिनु, ठूलो न्याय निसाव हेर्नु, न्याय निसाव बिगार्ने भनेको घुस लिने घुस खाने हुन्, यी दुईका धनजिउ हरि लिएता पनि पाप छैन । यी राजाका महाशत्रु हुन्, जस्ता पृथ्वीनारायण शाहका विचारहरु आजको लोकतान्त्रिक शासनमा समेत त्यत्तिकै महत्वपूर्ण र मार्गदर्शक छन्’ उनले भने ।

 

 

‘पृथ्वीनारायण शाहलाई एक राजाका रुपमा मात्र हेर्नुभन्दा पनि उनलाई वर्तमान  नेपाल राष्ट्रको निर्माणमा महान नायकको रुपमा लिनुपर्दछ भन्ने मलाई लाग्छ । यदी हामीले आफूलाई नेपाली हौँ भन्ने कुरामा गर्व गर्छौं भने पृथ्वीनारायण शाहलाई हामीले कहिल्यै बिर्सन सक्दैनाैँ र बिर्सनु पनि हुँदैन । आफ्नो दिव्य उपदेशमा उहाँले व्यक्त गरेका आत्मनिर्भर अर्थतन्त्र सम्बन्धि, असंलग्न विदेश नीति सम्बन्धि, व्यापार सम्बन्धि, राज्य सञ्चालन सम्बिन्ध, जुन नीति र विचारहरु दिएका छन्, ती दूर दृष्टियुक्त छन् । तिनको उपयोगिता र महत्व आज पनि त्यत्तिकै छ र तिनलाई हामीले ग्रहण गर्न अफ्ठ्यारो मान्नु हुँदैन’ उनले भने ।

 

 

उनले पृथ्वीनारायण शाहले दिव्योपदेशमा व्यक्त गरेका आत्मनिर्भर अर्थतन्त्र, असंलग्न विदेश नीति, व्यापार, राज्य सञ्चालनका नीति र विचारहरु दूर दृष्टियुक्त रहेको भन्दै त्यसको महत्त्व र उपयोगितालाई ग्रहण गर्न अफ्ठ्यारो मान्नु नहुने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै