Tuesday, 08 October 2024 | २०८१ असोज २२, मङ्गलबार

नेपालको अर्थतन्त्र संकटपूर्ण अवस्थामा छैनः उद्योग परिसंघ 

नेपाल उद्योग परिसंघले मुलुकको अर्थतन्त्र कुनै पनि सूचकमा संकटपूर्ण अवस्थामा नरहेको बताएको छ ।

 

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै परिसंघले यस्तो बताएको हो । परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले उपलब्ध तथ्यांक र विगतको परिदृष्यको विश्लेषण गर्दा अर्थतन्त्र संकटको अवस्थामा नभएको दाबी गरे । 

 

उनले पछिल्लो समय मुलुकको अर्थतन्त्र संकटमा रहेको भन्दै प्रचार भए पनि तत्काल कोही पनि आत्तिनुपर्ने अवस्था नरहेको बताए ।

 

अग्रवालले अर्थतन्त्र संकटमा नभए पनि चनाखो भएर भने हिँड्नु पर्ने अवस्था रहेको बताए । नेपालका उद्योगी व्यवसायीहरुले आर्थिक संकट, कर्जा नपाएको अवस्था, आयातमा समस्या, कर्जाको मागपूर्ति गर्न सक्ने स्रोत नभएको भने उनले बताए ।

 

दुई मुलुकको आर्थिक अवस्थामा ठूलो अन्तर रहेकाले अत्यासलाग्दो गरी नेपालको श्रीलंकासँग तुलना गर्न नमिल्ने उनले बताए । नेपालको अर्थतन्त्र ध्वस्त हुँदै छ भनेर अहिले गलत प्रचार भइरहेको अग्रवालले बताए । नेपालको भुक्तानी सन्तुलन भने नोक्सानीमा गइरहेको अग्रवालले बताए ।

 

यद्यपि नेपालमा मुद्रास्फीति उच्च दरमा नपुगेको, बेरोजगारीको समस्या एकै पटक नदेखिएको, बजारमा माग बढिरहेको, समाजिक समस्या नदेखिएकाले अर्थतन्त्रमा संकट नदेखिएको उनको भनाइ छ । अग्रवालले परिसंघले बारम्बार सरकारसँग अर्थतन्त्र थपिएका चुनौती समाधान गर्न आग्रह गर्दै आएको बताए ।  

 

उनले नेपालमा विदेशी मुद्राको सञ्चिति बढाउन विदेशी नगारिकलाई नेपालमा अपार्टेमेन्ट खरिद गर्न दिनुपर्ने माग गरे अग्रवालले नेपालका कम्पनीमा लगानी गर्ने खोज्ने विदेशीलाई लगानी गर्न, एनआरएनलाई आईपीओ लगानी गर्न र रेमिट्यान्सलाई औपचारिक माध्यमबाट ल्याउन सहुलियत दिनुपर्ने सुझाव दिए ।

 

पत्रकार सम्मेलनमा परिसंघले विदेशी नागरिकलाई नेपाली पुँजी बजारमा सेयर किन्न दिनुपर्ने बताएको छ । संघले कम्तीमा ३ वर्षको सीमा तोकेर विदेशीलाई डलरमा सेयर किन्न दिनुपर्ने बताएको हो । त्यसरी सेयर किन्नेलाई ऋण पत्र खरिद अनिवार्य गर्नु पर्ने धारणा संघले अघि सारेको छ । रेमिट्यान्स पठाउनेलाई छुट्टै परिचय पत्र बनाएर सरकारी सेवामा अग्राधिकार दिनुपर्ने परिसंघको माग छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै