
पछिल्लो एक हप्ता भन्दा बढी समयदेखि घट्दै आएको नेप्से परिसूचक बुधवार उच्च अंकले वृद्धि भएको छ ।
बुधवार नेप्से परिसूचक ६०.२२ अंकले बढेर २०८०.४४ बिन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ११.२५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ४.१५ अंक र सेन्सेटिभ इण्डेक्स ३.८० अंकले बढेको छ ।
बुधवार कारोबारमा आएका २३१ कम्पनीको ५० लाख ५ हजार कित्ता शेयर १ अर्ब ६४ करोड ३ लाख ५६ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । बुधवार नेप्सेसँगै कारोबार रकममा समेत सुधार भएको छ । मंगलबार १ अर्ब ३१ करोड २८ लाख ६ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो ।
बुधवार नेप्सेका १३ वटै उपसमूहको परिसूचक बढेको छ । जसमध्ये वित्त उपसमूहको परिसूचक सबैभन्दा बढी ५.०३ प्रतिशत बढेको छ । त्यस्तै, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढीले शेयर मूल्यवृद्धि भएको छ भने लगानी र बैंक उपसमूहको परिसूचक भने यस दिन २ प्रतिशतभन्दा बढी बढेको छ ।
बुधवार नेप्से परिसूचकसँगै ४ वटा कम्पनीको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।
जसमा सामुदायिक लघुवित्त वित्तीय संस्था, उपकार लघुवित्त वित्तीय संस्था, बलेफी हाइड्रोपावर र कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर सकारात्मक सर्किट लभेलमा कारोबार भएको छ ।
त्यस्तै, उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ । तर यता,माउण्टेन हाइड्रो नेपालको शेयरमूल्य भने ४.११ प्रतिशतले घटेको छ ।
बुधवार कारोबार रकमका आधारमा अरुण भ्याली हाइड्रोपावर ५ करोडभन्दा बढीको शेयर कारोबार गरेर शीर्ष स्थानमा रहेको छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit