Tuesday, 08 October 2024 | २०८१ असोज २२, मङ्गलबार

अब सर्वसाधारणले नेपालबाटै डलरमा भुक्तानी गर्न पाउने, यस्ता छन् सुविधा

नेपाल राष्ट्र बैंकले सर्वसाधारणका लागि विदेशी वस्तु तथा सेवा खरिद गर्न वार्षिक ५ सय अमेरिकी डलरसम्म खर्च गर्न पाइने व्यवस्था गरेको छ । 

 

राष्ट्र बैंकले आइतबार परिपत्र जारी गर्दै वाणिज्य र विकास बैंकहरुलाई ५ सय अमेरिकी डलरसम्मको प्रिपेड कार्ड बनाएर जारी गर्न पाउने अख्तियारी दिएको हो । 

 

अनलाइनमार्फत विदेशबाट सामान खरिद गर्न चाहने सर्वसाधारणले आफ्नो खाता रहेको वाणिज्य बैंक वा विकास बैंकमा गएर ‘प्रिपेड कार्ड’ बनाउनुपर्नेछ । सोही कार्डमार्फत उनीहरूले विदेशबाट खरिद गरेको सामानको भुक्तानी विदेशी मुद्रामा गर्न सक्नेछन् । 

 

यस्तो भुक्तानी सुविधा अनलाइन कारोबारका लागि मात्र हो । प्रयोगकर्ताले एकै पटक वा पटक–पटक गरी एक वर्षमा वढीमा अमेरिकी डलर ५०० वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्राको सटही सुविधा प्राप्त गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ । 

 

ग्राहकले एकभन्दा बढी बैंकबाट यस्तो सुविधा उपयोग गरेको पाइएमा विदेशी विनिमय ऐन, २०१९ बमोजिम कारबाही हुने जनाइएको छ ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै