Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

होटल अन्नपूर्णका कर्मचारी व्यवस्थापनविरुद्ध खनिए

काठमाडौंको दरबारमार्गस्थित होटल अन्नपूर्णका कर्मचारीहरुले व्यवस्थापनविरुद्ध कडा संघर्ष गर्ने चेतावनी दिएका छन ।

 

कोरोनाकालमा आफूहरुलाई न्यूनतम तलव समेत उपलब्ध गराउन नसकेको भन्दै बुधबार होटल परिसरमा बिरोध प्रर्दशनमा उत्रिएका उनीहरुले व्यवस्थापनविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने अवस्था आएको प्रतिक्रिया दिएका हुन । 

 

उनीहरुले सरकारले कोरोना कालमा दिने भनेको न्यूनतम  मासिक पारिश्रमिक ५ हजार समेत विगत २ वर्षयता नदिएको भन्दै होटल व्यवस्थापनविरुद्ध चर्का नाराबाजी लगाएका छन । होटल व्यवस्थापनले होटल एशोसिएन अफ नेपाल (हान) सँग सहमति गरे अनुसारको न्यूनतम तलब समेत उपलब्ध नगराएपछि आफूहरु आन्दोलनमा उत्रनु परेको होटल अन्नपूर्ण आधिकारिक ट्रेड युनियनका अध्यक्ष प्रकाश न्यौपानेले जानकारी दिए ।

 

होटल अन्नपूर्णमा करिव २ सय जना कर्मचारी कार्यरत रहेको बताइएको छ । होटल व्यवस्थापनले आफूहरुलाई न्यूनतम तलव समेत दिने तत्परता नदेखाएपछि आफूहरु होटल परिसरमै आएर विरोध प्रर्दशनमा उत्रनु पर्ने अवस्था आएको कर्मचारीको भनाई छ । 

 


उनीहरुले तत्काल होटल सुचारु गरी आफूहरुको बाँच्न पाउने अधिकार सुनिश्चित गर्न पनि होटल व्यवस्थापनलाई दवाव दिएका छन ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै