Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

बजेट निर्माणमा कानुनले दिएको अधिकार मात्र प्रयोग गरेको छु : अर्थमन्त्री शर्मा 

अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई संलग्न गराएको भन्ने समाचार अत्यन्तै भ्रामक, झूटो र कपोकल्पित भएको भन्दै आफ्नो बचाउ गरेका छन् । 

 


बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई संलग्न गराइएको भन्दै प्रमुख प्रतिपक्ष दल एमालेले राजीनामा माग गरिरहेको बेला अर्थमन्त्री शर्माले यस्तो स्पष्टीकरण दिएका हुन् ।

 

 

उनले मंगलबार प्रतिनिधिसभा बैठकमा समय माग गरेर बोल्दै बजेट निर्माणका लागि अर्थ मन्त्रालयमा अर्थ सचिव र राजस्व सचिवको नेतृत्वमा टिम परिचालन हुने र उनीहरुले तयार गरेको बजेटमा अर्थमन्त्रीको हैसियतमा आफूले सरकारको नीति तथा भिजन मात्रै दिने अधिकार भएको र सोही अनुसार काम गरिएको बताए ।

 

 

अर्थमन्त्री शर्माले कार्य सम्पादन नियमावलीले आफूलाई बजेट निर्माण गर्नका लागि अधिकार दिएको र सोही अधिकार मात्रै आफूले प्रयोग गरेको दाबी गरे ।

 

 

सरोकारवालाको सुझाव, सम्बन्धित मन्त्रालयले पठाएको कार्यक्रम र योजनाकै आधारमा अर्थ मन्त्रालयको पदाधिकारीले बजेट बनाउने विधि र प्रक्रिया रही आएको अर्थमन्त्री शर्माको भनाइ थियो । 

 


राजस्व परिचालनबारे राजस्व सचिव र अर्थ परिचालन सम्बन्धी अर्थ सचिवले आवश्यक तयारी गर्ने हुनाले त्यसमा अर्थमन्त्रीले खेल्न मिल्ने कुनै अधिकार नभएको शर्माको तर्क छ । 
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै

‘हामी यहाँ छौं’ भन्दै माइतीघरमा दाहाल–नेपाल समूहको आन्दोलन

‘प्रतिनिधि सभा विघटनको असंवैधानिक कदम खारेज होस्’, ‘हामी यहाँ छौँ’ भन्ने नारा लेखिएका प्लेकार्ड सहित नेताहरु उपस्थित भएका छन् ।

जेठ ३१, २०७९