Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

आर्थिक संकट आउन नदिन निर्यात उद्योगलाई प्रोत्साहन गर्नुपर्छः पवन गोल्यान 

फेडरेशन अफ नेपाल एक्सपोर्ट एशोशिएशनका अध्यक्ष पवनकुमार गोल्यानले सरकारले विदेशी मुद्रा आर्जनको लागि निर्यातजन्य उद्योगलाई प्रोत्साहन गर्नुपर्ने बताएका छन् ।

 

आयात बढ्दै जाँदा विदेशी मुद्रा सञ्चितिमा परेको दबाब कम गर्न निर्यातजन्य उद्योगलाई सरकारले प्रोत्साहन गर्नुपर्ने गोल्यानले बताए । उनले सरकारले निर्यातजन्य उद्योगमा लगानी गर्ने र उद्योगबाट उत्पादित वस्तु विदेश निर्यातको वातावरण बनाउनु आवश्यक रहेको बताएका हुन् । 

 


उनले सरकारले निर्यात गर्नेभन्दा पनि आयात गर्ने व्यवसायीलाई प्रोत्साहन गरिरहेको गुनासो गरे ।

 

उनले भने, ‘हामी ४ रुपैयाँ (प्रतियुनिट)  विद्युत बेच्न तयारी गरिरहेका छौं । भारतलाई हारगुहार गर्नुभन्दा त्यही दरमा नेपाली उद्योगलाई दिए हुन्छ नि ? अहिले हामी साढे ९ रुपैयाँ तिरिरहेका छौं ।’ 

 


यस्तोमा प्रतियुनिटमा आधा शुल्क घटाउने हो भने त्यो विद्युत् स्वेदशमै खपत गर्न सकिने गोल्यानले बताए । यद्यपि त्यसको लागि निर्यातलाई बढावा दिने किसिमका शर्त राख्न सकिने उनको भनाइ छ ।

 

 उनले भने, ‘यसमा तीनओटा शर्त राखौं ।  जसमा न्यूनतम ६० प्रतिशत निर्यात गरेको, ८० प्रतिशत नेपाली कामदार हुनुपर्‍यो र भ्यालु एडिसन ३० प्रतिशत हुनपर्‍यो । त्यसपछि उद्योग फस्टाइ हाल्छ । धागो उद्योग कै निर्यात हेरौ । अहिले ११ अर्बको निर्यात हुन्छ भने सरकारले सहुलियत दिए २२ अर्ब हुन्छ ।’ 

 

उनले सहुलियतपूर्ण ऋणको दायरा पनि बढाउँदै निर्यातजन्य उद्योगलाई बढावा दिनुपर्नेमा गोल्यानले जोड दिए ।

 

सरकारले अहिले राजस्वमा बढी ध्यान केन्द्रित गरेको भन्दै राजस्वभन्दा पनि  युवाहरुलाई विदेशिनबाट रोक्ने किसिमको योजना ल्याउनु जरुरी रहेको बताए । 

 


गोल्यानले नेपालमा उत्पादित वस्तु विदेश निर्यातको लागि अनुमति मागेको वर्षौंसम्म पनि अनुमति नपाएको गुनासो गरे । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै