Tuesday, 08 October 2024 | २०८१ असोज २२, मङ्गलबार

जनकपुर-जयनगर रेल नेपाल–भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा उद्घाटन गर्ने तयारी

फाइल तस्बिर

प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमणका क्रममा पन्ध्र महिनादेखि त्रिपाल ओडाएर राखिएको रेल सञ्चालनमा आउने संभावना बढेको छ । 

 

 

उच्च सरकारी श्रोतका अनुसार प्रधानमन्त्री देउवाले गुजरातमा आयोजना हुने भाइब्रेन्ट गुजरात कार्यक्रममा सहभागी भएका बखत भारतीय प्रधामन्त्री मोदीसँग रेल उद्घाटन गर्ने मिति तय गर्ने तयारी भइरहेको छ । प्रधानमन्त्री देउवा आइतबार ४ दिने भारत भ्रमणका लागि त्यसतर्फ प्रस्थानगर्ने कार्यक्रम तय भ्रएको छ । 


सरकारले जनकपुर–जयनगर रूटमा चलाउन भारतसँग खरिद् गरेको नेपाली ध्वजावाहक रेल त्रिपाल ओढाएर राखिएको करिब १५ महिनामा बल्ल सञ्चालनमा ल्याउने तयारी भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भारतको जयनगरदेखि धनुषाको कुर्थासम्मको ३४ किलोमिटर रेल सेवा सञ्चालनको अन्तिम तयारी भएको बताएको हो । मन्त्रालयले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको क्रममा रेल सेवा उद्घाटनको मिति तय हुने जनाएको छ । 

 

 

सरकारले गत बर्ष ८४ करोड ६५ लाख रुपैयाँमा खरीद गरेको दुई वटा रेल गत वर्षको असोजदेखि धनुषाको इनरुवा स्टेशनमा त्रिपालले ढाकेर राखिएको छ । लामो समयसम्म ट्र्याकमा त्रिपाल ओढाएर राखिएको भन्दै तीव्र आलोचना भइरहे पनि सरकार भने रेल खरिद् गरेको करिब १५ महिनामा बल्ल सञ्चालनको अन्तिम तयारीमा जुटेको हो । 

 

 

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेनुकुमारी यादवले तत्काल रेल सञ्चालनमा ल्याउने गरी सम्पूर्ण तयारी भइसकेको बताउदैं प्रधानमन्त्री देउवाको भारत भ्रमण क्रममा दुई देशका प्रधानमन्त्री बीचको छलफलपछि उद्घाटनको मिति तय हुने जानकारी दिएका छन् ।

 

 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सचिव रविन्द्र नाथ श्रेष्ठले पनि जनकपुर–जयनगर रूटमा रेल सञ्चालनको सबै तयारी पुरा भएको जानकारी दिदैं भारत सरकारको तर्फबाट उद्घाटनको मितिको प्रतिक्षामा रहेको बताएका छन् । उनले रेल सञ्चालनको लागि हाल दैनिक रुपमा ट्रयाक परीक्षण भइरहेको पनि बताएका छन् ।

 

 

 

यस्तै, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सचिव उनले केही नदीमा आन्तरिक जल मार्ग विकासको लागि काम भएरहेको पनि जानकारी दिएका छन् । उनले चालु आर्थिक बर्षभित्रै कर्णाली, कालिगण्डकी, कोशी, नारायणी र त्रिशुली नदीमा चालु आर्थिक बर्षभित्रै जल मार्ग सञ्चालनको लागि सम्भाव्यताअध्ययन गरी यात्रा गर्नका लागि प्रयास गरि रहेका बताएका छन् । उनले जल यातायात नियमन गर्न ऐन कानुनहरु अगाडी बढाएको पनि बताएका छन् ।

 

 

उनले नेपाल अन्तर्राष्ट्रिय समुद्री संगठनको सदस्य राष्ट्र भएको बताउदैं त्यसका धेरै सन्धिहरुको अध्ययन गर्न मन्त्रालयले समिति गठन गरेको पनि जानकारी दिएका छन् ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै