Tuesday, 08 October 2024 | २०८१ असोज २२, मङ्गलबार

नेप्सेमा झिनो अंकले सुधार, यी हुन् धेरै शेयरमूल्य घट्ने कम्पनी

साताको पहिलो दिन आइतबार १०१ अंकले गिरावट आएको नेप्से परिसूचक सोमबार सामान्य अंकले वृद्धि भएको छ । 

 

 

सोमबार नेप्से परिसूचक ०.०८ अंक बढेर २ हजार ७००.९८ विन्दुमा पुगेको छ । तर, नेप्से सूचक बढे पनि सेन्सेटिभ इण्डेक्स भने ०.३६ अंक, फ्लोट इण्डेक्स ०.१० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१८ अंक घटेको छ ।

 

 

सोमबार कारोबारमा आएका २२७ कम्पनीको ७५ लाख ४९ हजार कित्ता शेयर ३ अर्ब ६८ करोड ४० लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ ।

 

 

१३ उपसमूहमध्ये सोमबार ७ उपसमूहको परिसूचक बढेका छन् भने ५ उपसमूहको परिसूचकमा गिरावट आएको छ । जसमा लगानी उपसमूहको परिसूचक भने स्थिर छ । होटल तथा पर्यटन उपसमूहको परिसूचक ०.६१ प्रतिशत बढेको छ भने व्यापार उपसमूहको परिसूचक सबैभन्दा बढी १.३४ प्रतिशतले गिरावट आएको छ ।  

 

 

सोमबार कारोबारमा बुद्धभूमि नेपाल हाइड्रोपावर, सपोर्ट माइक्रोफाइनान्सर नेशनल हाइड्रोपावरको शेयर मूल्य गिरावट आएको छ । तर,  मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयरमूल्य भने सबैभन्दा बढी ३.८५ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा ५५ करोडको शेयर खरिदबिक्री गरेर नेशनल हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । 


 

प्रतिक्रिया

90
प्रतिकृया थप्नुहोस्
प्रतिकृया थप्नुहोस्
सम्बन्धित समाचार सबै