
नबिल बैंकले ‘नबिल डिजिबैंक पोर्टल’ सार्वजनिक गरेको छ ।
बिहीबार बैंकले काठमाण्डौमा एक कार्यक्रम आयोजना गरी ग्राहकहरुलाई एकद्वार प्रणालीमार्फत् सरल बैंकिङ सेवाको अनुभव गराउनका लागि डिजिबैंक पोर्टल सार्वजनिक गरेको हो । नबिल डिजिबैंक पोर्टलको सार्वजनिक बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले गरेका हुन् ।
उनले पोर्टल सार्वजनिक कार्यक्रममा बोल्दै मानिसको दैनिकी प्रविधिसँग जोडिएको बताएका छन् । उनले अब हरेक काम प्रविधि मैंत्री बन्दै गएकाले नबिल बैंकले पनि बैंकिङ कारोबार मात्रै नभएर सबै सेवा अनलाइनमार्फत दिनको लागि डिजिबैंक पोर्टलको सुरुवात गरेको बताएका छन् । उनले नबिल बैंकले कोभिड–१९ भन्दा अगाडि डिजिलका कुरा गरे पनि प्रयोगमा नआएको बताएका छन् । तर, कोभिड–१९ को महामारीपछि बजारको माग अनलाइन डिजिटल प्रविधि भएको बताएका छन् । उनले नबिल बैंकले कम्प्युटराइज बैंकबाट सुरु गरेको यात्रा अब साँच्चिकै डिजिटल बैंकको विकास गर्ने गरी नविल डिजिबैंक पोर्टल सुरुवात भएको बताएका छन् ।
‘अहिले हरेक मानिसको दैनिकी प्रविधिसँग जोडिएकाले डिजिटल पोर्टलहरुको विकास हुनु जरुरी छ । नविल बैकले बैंकिङ सेवा मात्रै नभएर तरकारी किन्नेदेखि बस,हवाई टिकट काट्नेसम्मका सेवा दिनको लागि नविल पोर्टलको सुरुवात गरिएको हो । नविल डिजिबैंक पोर्टलको सुरुवात कोभिड–१९ पछि भएको हो । कोभिड भन्दा पहिले यस्ता पोर्टलहरु प्राय कमै थिए । तर, कोभिड पछि मात्रै डिजिटल पोर्टलहरुको सुरुवात भएको हो’ उनले भने ।
‘अहिले हरेक क्षेत्र डिजिटल बन्दै गएको छ । यो डिजिटल प्रणलीमा मार्फत हरेका सेवाग्राहिले अनलाइनमा अडर गरेर तरकारीदेखि औषधीसम्म घरमा नै आउने गर्दछ । अनलाइनबाट अडर गर्दा पेमेन्ट गर्नको लागि यस्ता पोर्टलहरुको आवश्यक पर्छ । पछिल्लो समय नेपालको कर बैंकिङ प्रणालीमा हुन थाल्यो । यसरी बैंकिङ कर प्रणाली सफल नभएसम्म डिजिटल बनाउन सकिदैन्। त्यसैले नविल बैंकले नबिल डिजीबैंकको लागि टिम बनाएको थियो । त्यही अनुसार आज बेंकले बैंकिङ सेवा सुरु भएको छ’ उनले भने ।
‘अहिले कर बैंकिङ प्रणाली पनि अपग्रेट भएर अन्तर्राष्ट्रिय स्तरमा पुगेको छ । नबिल बैंकको यो गन्तव्य नभएर सुरुवात हो । हामीले यसबाट सुरुवात गरेका छौं सुरवात गरेपछि गन्तव्यमा पुग्छौं । ग्रामिण क्षेत्रमा इन्टरनेट १० पतिशत स्थानमा छैन् । ९० प्रतिशत स्थानमा एनसेल र नेपाल टेलिकमकले सेवा विस्तार भएको छ । नबिल बैंक पनि देशैभरि रहेको छ । नबिल बैंकले १० पतिशतलाई प्राथकिता भन्दा पनि ९० पतिशतमा प्राथमिता दिएका छौं’ उनले भने ।
अब उक्त पोर्टलबाट नबिल बैंकका ग्राहकहरूले एकद्वार प्रणालीमार्फत् सेवाहरू प्राप्त गर्न सक्नेछन् । बैंकले ग्राहकलाई सहज र सरल बैंकिङ अनुभव प्रदान गर्न पोर्टलमार्फत् उत्पादन/सेवा सुरुवात गरेको छ । नबिल डिजिबैंकमा अनलाइन फिक्स्ड डिपोजिट, डेबिट/क्रेडिट कार्ड अनुरोध, डेबिट कार्ड रिप्लेसमेन्ट, मर्चेन्ट अनबोर्डिङ र रिटेल/एसएमई लोन आवेदनलगायतका सेवा उपलब्ध हुनेछन् । साथै, आगामी दिनमा थप अनलाइन सेवाहरू थप गर्दै जाने योजना बनाएको बैंकले बनाएको छ । यसैगरी नबिल भर्चुअल आईकार्ड नबिल स्मार्टबैंक एफ भित्र इम्बोस्ड गरिएको सेवा हो । जसको माध्यमबाट ग्राहकले सजिलैसँग आफ्नो प्यान अपलोड गरी भर्चुअल आईकार्डका लागि आवेदन दिन सक्नेछन् । साथै, ब्यालेन्स टपअप पनि गर्न सकिन्छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit