Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

सहुलियतपूर्ण कर्जाका लागि ग्लोबल आइएमई बैंक र निर्यात व्यवसायीबीच सम्झौता

ग्लोबल आइएमई बैंक र निर्यात व्यवसायी महासंघ नेपालबीच सहुलियतपूर्ण कर्जाका लागि सरल र सहज बैंकिङ सुविधा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

 

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र महासंघका अध्यक्ष रामबहादुर गुरुङले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार बैंकले निर्यात व्यवसायी महासंघमा आवद्ध व्यवसायीहरुलाई अल्पकालीन तथा दीर्घकालीन अवधिका लागि सहुलियतपूर्ण ब्याजदरमा कर्जा उपलब्ध गराउने छ । 

 

त्यसबाहेक महासंघका सदस्यहरुलाई आवश्यक सबै प्रकारका बैंकिङ सेवाहरु सरल र सहज रुपमा उपलब्ध गराउने छ । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष समेत रहेका ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्वदेशमा उत्पादन भएका वस्तुहरुको निर्यात बढाउन र अर्थतन्त्रलाई थप बलियो बनाउने उद्देश्यले निर्यात व्यवसायीहरुलाई सुविधा प्रदान गर्ने सम्झौता भएको बताए । 

 

बैंकले निर्यात व्यवसायीहरुलाई विदेशी मुद्राको अभाव हुन नदिन डलर खाता तथा डलर क्रेडिट कार्डमा विशेष सेवा दिने पनि अध्यक्ष ढकालले बताए । सम्झौता अनुसार बैंकले सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराउने मात्र नभई निकासी डकुमेन्ट खरिद गर्ने, नगद अनुदान दिने, पुनर्कर्जा उपलब्ध गराउने, विदेशी मुद्रा खाता तथा सटही सुविधा लगायतका सेवाहरु उपलब्ध गराउनेछ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै