Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

पूर्वाधार विकासको योजनामा लगानी बोर्ड र नबिल बैंकबीच सम्झौता 

लगानी बोर्ड र नबिल बैंकबीच पूर्वाधार विकासको लागि रणनीतिक योजनामा सम्झौता भएको छ ।

 


बुधवार काठमाडौंमा एक कार्यक्रमकाबीच बोर्ड र बैंकबीच सहमत पत्रमा हस्ताक्षर भएको हो ।

 

पूर्वाधार विकासको लागि रणनीतिक योजना सहमति पत्रमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी साहले हस्ताक्षर गरे । 

 


उनले २०६८ मा बाबुराम भट्टराई प्रधानमन्त्री बनेको बेला लगानी बोर्ड स्थापना गर्न भिजन बनाएको बताए । 

 


साहले लगानीकर्तालाई एउटै ठाउँबाट सबै सेवा दिन योजना बनाए पनि बोर्ड बस्ने अफिस समेत नपाएको अनुभव सुनाए । तर अहिले यही बोर्डसँग पूर्वाधार निर्माणको लागि सहकार्य गर्न पाउँदा खुशी लागेको साहले बताए । 

 


उनले लगानी बोर्डले १० वर्षमा २७ वटा परियोजनामा ८ खर्ब ३३ अर्ब लगानीको लागि स्वीकृति दिएको बताए । बोर्डले मुख्य रुपमा जलविद्युत्मा गरेको लगानी सफल भएकाले अब नेपालमा विद्युत उत्पादन बढाएर उत्पादित विद्युत भारतमा १०० मेगावट बेच्न सकेमात्रै पनि अर्थतन्त्रको मुहार फेरिने दाबी गरे ।

 


त्यस्तै, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले ठूला पूर्वाधार निर्माण नै देशको आर्थिक सामाजिक विकासको लागि मुख्य आधार भएको बताए ।
प्रमुख कार्यकारी अधिकृत भट्टले लगानी बोर्डमा कार्यान्वयन तहमा पुगेको ४ वटा परियोजनाको अनुमानित लागत ३ खर्बको रहेको बताए । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै