
नेकपाको दाहाल–नेपाल समूहले भोलि बिहीबार आम हडताल गर्ने घोषणा छ । सरकारले संवैधानिक निकायहरुमा जबर्जस्ती नियुक्ति गरेकोलगायत विरोधमा उक्त पक्षले हडतालको घोषणा गरेको हो ।
आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा उक्त समूहका प्रवक्ता तथा संघर्ष समिति संयोजक नारायणकाजी श्रेष्ठले सवैधानिक निकायमा सिफारिस गरिएकाहरुलाई सरकारले सपथ ग्रहण गराएर खटाएपछि आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरिएको बताए । देशभर हडताल गर्नु आफूहरुको बाध्यता भएको उनले बताए ।
संघर्ष समितिकी सहसंयोजक पम्फा भुसालले पूर्वनिर्धारित कार्यक्रमलाई परिमार्जन गरेर आम हडतालको घोषणा गरिएको बताइन् । यसअघि दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध माघ २८ सम्म आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो ।
असंवैधानिक ढंगले संवैधानिक निकायका पदाधिकारी नियुक्ति र एकपक्षीय ढंगले ७७ वटै जिल्लामा भूमिसम्बन्धी समस्या समाधान आयोगका पदाधिकारी र सदस्य नियुक्ति लगायतका आरोप लगाउँदै दाहाल–नेपाल समूहले आन्दोलन गर्न लागेको हो ।
सरकारले आज विभिन्न संवैधानिक निकायमा सिफारिस भएका पदाधिकारीहरूको शपथ गराएको छ । सिफारिस गरिएको ४५ दिन पुगेको भन्दै संसदीय सुनुवाइ विना नै सरकारले उनीहरुलाई नियुक्त गरेको हो ।
buy cialis 10mg - cialis pills 5mg cialis tablets
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit
buy cialis 10mg - cialis pills 5mg cialis tablets