
सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले धोबीखोला करिडोर क्षेत्रमा भएको सडक अतिक्रमणको अनुगमन गरेकी छन् ।
सडक अतिक्रमण नगर्न पटकपटक सचेत गराउँदा पनि नमानेपछि बुधबार मन्त्री झाँक्री आफैं सो करिडोरको अनुगमनमा गएकी हुन् । सवारी साधन नै पास नहुने गरी निर्माण सामग्री राख्ने, पसल राख्ने, टेवल, कुर्सी समेत राखेर बस्ने अवस्था भएपछि उपत्यका विकास प्राधिकरणले कानुन विपरित सडक अतिक्रमण नगर्न सचेत गराउँदै आएको थियो ।
उनले आज अनुगमनका क्रममा पनि सडक अतिक्रमण गर्ने काम नगर्न पुनः एक पटक सचेत गराइएको बताएकी छन् । अब पनि नमाने उनीहरुमाथि कानुन बमोजिम कारबाही गर्ने उनले बताएकी छन् । उपत्यका विकास प्राधिकरण ऐन अनुसार सडक अतिक्रमण गर्न निषेध गरिएको छ । तर सो ऐन विपरित सडक अतिक्रमण गर्नेहरुलाई अब कानुन बमोजिम कारबाही गर्ने सरकारको तयारी छ । उनले सार्वजनिक स्थलहरुको अतिक्रमण हुन नदिने गरी अनुगमन गर्न पनि उपत्यका विकास प्राधिकरणलाई निर्देशन दिएकी छन् ।
‘आज बिदाकै दिन भएपनि उहाँहरुलाई सचेत गराऔं भनेर अनुगमनमा आएका छौं । अतिक्रमण नगर्नुस् भनेर माईकिङ गर्नेलगायतका काम गर्दै आएका छौं । तर उहाँहरुले मान्नु भएन र आज सचेत गराएका छौं । उहाँहरुलाई आफ्नो सामान निकाल्नुस् भनेका छौं । त्यसपछि पनि मान्नु भएन भने कानुन बमोजिम कारबाही पनि हुन्छ । अनुगमनत भईनै रहन्छ । किनभने उपत्यका विकास प्राधिकरणलाई अनुगमन गर्ने अथोरिटी पनि छ । आमी अनुगमन निरन्तर गर्छौं’ उनले भनिन् ।
उनको अनुगमनका क्रममा प्रहरीले सडकमा राखिएका निर्माण सामग्री, पसल आदि हटाएको थियो ।
order cialis - order tadalafil 5mg sale order tadalafil 20mg online cheap
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit
order cialis - order tadalafil 5mg sale order tadalafil 20mg online cheap