Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

सशस्त्र प्रहरीद्वारा भन्सार छलेर ल्याइएको ४३ लाखभन्दा बढीको सामान बरामद, एक पक्राउ

सशस्त्र प्रहरीले भारतबाट भन्सार छलेर नेपाल ल्याइएका ४३ लाखभन्दा बढी मूल्यको सामग्री बरामद गरेको जनाएकाे छ ।

 

सशस्त्र प्रहरीका अनुसार तीन छुट्टाछुट्टै घटनामा गरी उक्त सामग्री बरामद गरिएको हो भने एकजना मानिस पनि पक्राउ परेका छन् ।

 

शुक्रबार वीरगञ्ज महानगरपालिका–१५ पूर्व–पश्चिम लोकमार्गबाट सशस्त्र प्रहरीले करिब २८ लाख ४२ हजार रुपैयाँ बराबरको ईलेक्ट्रोनिक, हार्डवयर तथा अन्य सामान बरामद गरेको छ ।

 

ट्रकमा राखी भन्सार छलेर नेपाल ल्याइँदै गरेको अवस्थामा प्रहरीले उक्त सामानसहित करिब २५ लाख रुपैयाँको ट्रक पनि बरामद गरेको छ । 

 

त्यस्तै पश्चिम नवलपरासी जिल्लाको पाल्हिनन्दन गाउँपालिका-२ मुडेरस्थित दुई घरको खाली जमिनमा त्रिपालले छोपी लुकाई छिपाई राखेको ९ लाख ३१ हजार रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरिएको छ । बरामद लत्ताकपडा भन्सार कार्यालय महेशपुरमा बुझाइको छ । 

 

बिहीबार प्रहरीले झापाको दमक नगरपालिका-५ पूर्व–पश्चिम लोकमार्गस्थित दमक बजारबाट करिब ६ लाख रुपैयाँ बराबरको चोरीपैठारीको ४५ बोरा चिनीसहित एकजनालाई पक्राउ गरेको छ ।

 

उनको साथबाट म्याजिक भ्यान पनि बरामद गरिएको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै

मकवानपुरमा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या

मकवानपुरको पूर्वी क्षेत्रमा रहेको बाग्मतीमा तीन वर्षीय बालिकाको बलात्कारपछि हत्या भएको छ । बुधबार दिंउसोदेखी हराइरहेकी बालिका बिहीबार रक्ताम्य अवस्थामा स्थानीय खोल्सामा भ...

चैत २५, २०७८

स्याङजाकी महिलालाई फेसबुकबाटै १० लाख २८ हजार ठगी गर्ने बाजुराका रुपचन्द्र पाण्डे पक्राउ

सामाजिक सञ्जाल फेसवुक मार्फत १० लाख २८ हजार रुपैयाँ ठगी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय स्याङजाले एक युवालाई पक्राउ गरेको छ । 

चैत २५, २०७८

सर्लाहीबाट करिब ११ क्वीन्टल बिस्फोटक पदार्थ बरामद

बलरा नाका हुदै ट्याक्टरमा राखेर भारतबाट ल्याउँदै गरेको बिस्फोटक पदार्थ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ । जिल्ला प्रहरी प्रमुख सन्ताेषसिंह रा...

चैत २५, २०७८