Saturday, 28 June 2025 | २०८२ असार १४, शनिवार

दाङमा बोक्सीको आरोपमा महिला माथी हातपात, दुई महिला एक पुरुष पक्राउ

प्रहरीले बोक्सीको आरोपमा महिलालाई गालीगलौज गरेको आरोपमा दुई फरक घटनामा संलग्न ३ आरोपीलाई पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय दाङले १५ कात्तिकको मध्यराती मदिरा सेवन गरेर तुलसीपुरकी ३० वर्षीय महिलालाई संगितनगर टोलमा गालीगलौज र हातपात गरेको आरोपमा देवबहादुर परियारलाई पक्राउ गरेको छ । पीडित महिलाले दिएको जाहेरीका आधारमा परियारलाई पक्राउ गरिएको डीएसपी सुमित खड्काले बताए ।


यस्तै २१ कात्तिकको बिहा घोराही–१६ मा बस्ने दुई महिलालाई बर्ष ४५ कि नौमती महरा र बर्ष २८ कि दिपा बाठा मगरले धामी झाक्रीको भेषमा काम्दै पिडितको घरमा गई बोक्सी भनी गाली गलौज गरेको आरोपमा पक्राउ परेका हुन् ।  


दुबै घटनाका आरोपी बिरुद्ध थप अनुसन्धान भइरहेको डीएसपी खड्काले बताए । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै

नक्कली नोट छाप्दै गरेका तिन जना एपीएफ टोलीद्वारा रंगेंहात पक्राउ

सिरहा जिल्लाको गोलबजार नगरपालिका ६ स्थित गोलबजारबाट कार्तिक २७ गते एपीएफ टोलीले नक्कली नोट छाप्दै गरेका  तिन जनालाई रंगेहात पक्राउ गरेको छ ।

कार्तिक २६, २०७७

विजय र संगमको मृत्यु दुर्घटना कि हत्या? अनुसन्धानगर्दै नवलपुर प्रहरी 

जिल्ला प्रहरी कार्यालय सुस्तापूर्व र इप्रका गैडाकोटका प्रहरी अधिकारीहरु घटना दुर्घटना हो वा नियोजित हत्या भन्ने बिषयको खोजीमा जुटेका हुन् । दुबै मृत्तकको शवको पोष्टमार्टम...

कार्तिक २६, २०७७

स्टार, ह्याम्स र निजी प्रयोगशालाहरुले कोभिड–१९ को नक्कली रिपोर्ट बनाउने गरेको खुलासा

हडकड, दुबई र जापान पुगेका यात्रुको हातमा कोभिड–१९ को नेगेटिभ र जाँजगर्दा पोजेटिभ रिपोर्ट

कार्तिक २६, २०७७