Saturday, 28 June 2025 | २०८२ असार १४, शनिवार

सप्तरीमा गर्भपतन गराएको आरोपमा साढे एक वर्ष कैद सजाय

सप्तरीको महादेवा गाउँपालिकाकी एक महिलाको गर्भपतन गर्ने अभियुक्तलाई साढे एक वर्ष कैद सजाय सुनाइएको छ । 

 

महादेवा गाउँपालिका–४ डाढा बलिया टोलकी २४ वर्षीया महिलालाई कुटपिट गरी गर्भपतन गरेको आरोपमा सोही ठाउँका ५८ वर्षीय डोमा भनिने लक्ष्मण राउत बरैलाई साढे एक वर्ष कैद सजाय भएको अदालतले जनाएको छ ।

 

अदालतका सूचना अधिकारी भरतमणि पोखरेलका अनुसार जिल्ला न्यायाधीश ईश्वरमणि ओझाको इजलाशले अभियुक्त बरैलाई कैद सजायको फैसला सुनाएको हो । अन्य तीन जना आरोपितले भने सफाइ पाएका छन् ।

 

बरैसहित उनका छोरा २७ वर्षीय श्याम राउत वरै, सोही ठाउँका ६५ वर्षीय रामजी साह र उनका छोरा ४० वर्षीय सुरेन्द्र साहले २०७७ फागुन ६ गते दिउँसो कुटपिट गरी गर्भपतन गराएको भन्दै पीडितले इलाका प्रहरी कार्यालय कञ्चनरूपमा उजुरी दिएकी थिइन् ।

 

आफ्नो खेतमा बालीनाली हेर्न गएका बेला आरोपितहरूले गहुँबारीमा घाँस काट्ने बहानामा आफ्नो खेतको गँहु काटिरहेको देखिएपछि रोक्न खोज्दा लातमुक्काले कुटपिट गरी घाइते बनाएको पीडितको आरोप छ । 

 

सोही क्रममा पेट दुखेर २०७७ फागुन ११ गते राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकोमा फागुन १२ गते पेटमा रहेको १६ हप्ताको गर्भ खेर गएको पीडितको आरोप थियो ।

 

प्रहरीले २०७७ फागुन १४ गते उजुरी दर्ता गरी सोही दिन आरोपितमध्ये लक्ष्मण, श्याम र रामजीलाई पक्राउ गरेको थियो ।

 

जिल्ला अदालतमा २०७७ फागुन २३ गते अभियोगपत्र दायर भएकोमा जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलाशले आरोपित लक्ष्मण, श्याम र रामजी जनही रु ३० हजारमा धरौटी राखी पुर्पक्षका लागि रिहा भएका थिए ।

 

जिल्ला अदालतमा २०७७ चैत १० गते हाजिर भएका सुरेन्द्रसमेत सोही दिन रु ३० हजार धरौटी राखी पुर्पक्षका लागि रिहा भएका थिए । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै

महानगरीय ट्राफिक महाशाखामा भीम गए, जनक आए 

काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी हेर्ने निकाय महानरीय ट्राफिक प्रहरी महाशाखाको नेतृत्व परिवर्तन भएको छ । 

चैत २४, २०७८

नावालिग छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ

पोखरामा आफ्नै नावालिग १३ बर्षीय छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सहोदर बुवा लाई प्रहरीले पक्राउ गरेको छ । 

चैत २४, २०७८

कर्णाली प्रदेश प्रहरीको रुकुममा अप्रेसन, बरामद भयो १२ किलो अफिम सहित २ पक्राउ

रुकुम (पश्चिम), आठबिसकोट नगरपालिका–९ राडीबजारबाट १२ केजी अवैध लागूऔषध अफिम सहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

चैत २४, २०७८

बलात्कार गरेको भिडियो बनाएर ब्ल्याकमेलिङ

२२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अश्लिल भिडियो बनाई व्ल्याकमेलिङ गरेको अभियोगमा कल्याणपुर नगरपालिका-४ बस्ने २० वर्षीय अजय महरालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको...

चैत २४, २०७८