Tuesday, 08 October 2024 | २०८१ असोज २२, मङ्गलबार

प्रधानन्यायाधीश राणा बिरुद्ध महाअभियोग सिफारिस समिति गठन 

प्रतिनिधिसभा बैठकले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध एघार सदस्यीय महाअभियोग सिफारिस समिति गठन गरेको छ । 

 

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) को अवरोधका बीच आईतबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अग्नीप्रसाद सापकोटाले प्रस्ताव गरेको प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग सिफारिस समिति गठन गर्ने प्रस्ताव बहुमतले पारित गरेको हो । 

 

समितिमा सांसदहरु एकवाल मियाँ, कल्याणी कुमारी खड्का, कृष्णभक्त पोखरेल, प्रमोद साह, मिनबहादुर विश्वकर्मा, यशोदा गुरुङ सुवेदी, रामबहादुर विष्ट, रेखा शर्मा, लालबाबु पण्डित, विष्णुप्रसाद पौडेल र डा. शिवमाया तुम्बाहाम्फे रहेका छन् ।

 

नेपालको संविधानको धारा १०१ को उपधारा ३ र ४ एवम् प्रतिनिधिसभा नियमावली २०७५ को नियम १६२ बमोजिम ११ सदस्यीय महाअभियोस सिफारिस समिति गठनका लागि प्रस्तुत गरिएको प्रस्ताव प्रतिनिधिसभामा बहुमतले पारित भएको सभामुख सापकोटाले घोषणा गरे ।

 

बैठकमा सरकारले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एकतिसौं वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७÷७८’ प्रतिनिधिसभा बैठकमा पेश गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले सो प्रतिवेदन पेश गरेका हुन् ।

 

बैठकमा सभामुख सापकोटाले बलात्कारको अभियोगमा पक्राउ परेका सांसद मोहन बानिँयाको बाँके जिल्ला प्रहरी कार्यालयले पठाएको पत्र पनि पढेर सुनाएका थिए । 

 

प्रतिनिधिसभाको अर्को बैठक यही फागुन २९ गते आईतबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै