
सर्वोच्च अदालतले जनप्रतिनिधिले पुनः उम्मेदवारी दिनुपूर्व आफ्नो पदबाट राजीनामा दिनुपर्ने नियमको विरुद्धमा परेको रिट खारेज गरेको छ ।
मंगलबार न्यायाधीशद्वय तेजबहादुर केसी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले उक्त रिट निवेदन खारेज हुने फैसला सुनाएको हो ।
निर्वाचन आयोगले स्थानीय तह निर्वाचन २०७९ का लागि जारी गरेको निर्वाचन आचारसंहितामा जनप्रतिनिधिले स्थानीय निर्वाचनको उम्मेदवारको मनोनयन दर्ता गर्नुपूर्व पदबाट राजीनामा
गर्नुपर्ने व्यवस्था गरेको छ ।
आयोगको आचारसंहिताको व्यवस्थाविरुद्ध सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले गत चैत ७ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
यसअघि न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले आयोगको आचारसंहिता तत्काल कार्यान्वयन नगर्न अन्तरकालीन अन्तरिम आदेश जारी गरेको थियो ।
अदालतले रिट निवेदन नै खारेज गरेपछि अब उक्त निर्वाचन आचारसंहिता पूर्णरूपमा लागू गर्न बाटो खुलेको छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit