Wednesday, 28 May 2025 | २०८२ जेठ १५, बुधबार

विद्यालय खोल्ने सप्तरीका ११ सञ्चालक र शिक्षक पक्राउ 

४ बर्ष अगाडि

सरकारको निर्णय अटेर गरी विद्यालय चलाउने ११ जना विद्यालय सञ्चालक तथा शिक्षक पक्राउ परेका छन् । सप्तरीको राजविराज सदरमुकाममा केही विद्यालय सञ्चालन गरी पठनपाठन गराउँदै गरेको अवस्थामा आज उनीहरुलाई पक्राउ गरिएको हो ।    प्रमुख जिल्ला अधिकारी, राजविराज नगर प्रमुख, जिल्ला प्रहरी कार्यालय...

पुरा पढ्नुहोस्

काठमाडौंबाट आईपीएलमा सट्टेबाजी गर्ने एक दर्जन व्यक्ति पक्राउ

४ बर्ष अगाडि

महानगरीय अपराध महाशाखाको टोलीले इन्डियन प्रिमियर लिग (आईपीएल) मा सट्टेबाजी गर्ने एक दर्जन व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।   अनलाइनमार्फत सट्टेबाजीमा संलग्न ती व्यक्तिहरुलाई आइतबार राति काठमाडौंका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको महाशाखाले जनाएको छ ।    महाशाखाका एसपी...

पुरा पढ्नुहोस्

बुटवल जन्ती हिँडेका दुई बालिकाको सडक दुर्घटनामा  मृत्यु

४ बर्ष अगाडि

रुपन्देहीको कोटिहवामा टिपरले जन्ती बसलाई ठक्कर दिँदा आज दुई बालिकाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ६ जना गम्भीर घाइते भएका छन् । भैरहवाबाट बुटवल आउँदै गरेको लु १ ख ६०६४ नम्बरको टिपरले सोही दिशाबाट बुटवल आउँदै गरेको लु १ ख ९६८५ नम्बरको जन्ती बोकेको बसलाई रुपन्देहीको कोटिहवामा ठक्कर दिएको लुम्बिन...

पुरा पढ्नुहोस्

नेपाल–भारतको खुला सिमाना नियमन गर्न सर्वोच्चको परमादेश

४ बर्ष अगाडि

सर्वोच्च अदालतले नेपाल–भारतबीचको खुल्ला सिमाना नियमन र नियन्त्रण गर्न सरकारको नाममा परमादेश जारी गरेको छ । न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले आज नेपालको शान्तिसुरक्षाका नेपाल–भारतबीको खुल्ला सिमाना नियमन र नियन्त्रण गर्न उक्त परमादेश जारी गरेको हो ।...

पुरा पढ्नुहोस्

कोभिड–१९ को दोस्रो लहर सुरु भएपछि प्रहरी महानिरीक्षकले दिए विशेष निर्देशन 

४ बर्ष अगाडि

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले कोभिड–१९ को दोस्रो लहरबाट सिर्जित हुन सक्ने समस्या तथा चुनौतीलाई दृष्टिगत गरी यसको नियन्त्रणका लागि चाल्नुपर्ने कदम तथा प्रभावकारी व्यवस्थापनमा प्रहरी कर्मचारीहरु सक्रिय रुपमा लाग्नुपर्ने बताएका छन् ।    उपत्यकास्थित प्रहरी कार्यालयका प्...

पुरा पढ्नुहोस्

पूर्वाञ्चल विश्व बिद्यालयका कर्मचारीले गरे इन्जिनियरिङको प्रश्नपत्र परिक्षाअघि नै आउट

४ बर्ष अगाडि

प्रहरीले पूर्वाञ्चल विश्व बिद्यालय अन्र्तगत बीइ सेकेण्ड सेमेष्टरको प्रश्नपत्र परिक्षा अघि नै आउट गर्ने सोही बिद्यालयका कर्मचारी सहित १० जनालाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय मोरङले ३ बैशाखका लागि तय भएको फिजिक्सको प्रश्नपत्र विश्व बिद्यालयमा फोटो कपीगर्ने कर्मचारीले आउट गरेको जनाएक...

पुरा पढ्नुहोस्

फ्याक्ट्री मै बन्यो सुनको टुलबक्स, दुबईबाट आएका भरिया र काठमाडौंका तस्कर पक्राउ

४ बर्ष अगाडि

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय र महानगरीय अपराध महाशाखाको संयुक्त कारबाही आइतबार बिहान दुबईबाट आएका भरिया र उनले ल्याएको सुन लिन जाने दुईजना पक्राउ परेका छन् ।  भन्सारले नेपाल वायु सेवा निगमको जहाजमा दुबईबाट आएका दोलाखाका प्रदीपप्रसाद न्यौपानेले ल्याएको टुलबक्स शंका लाग...

पुरा पढ्नुहोस्

प्रहरीसमेत संलग्न गिरोहको कथा : लागुऔषध र हातहतियार किन्न डिल गराउने, पछि लुट्ने

४ बर्ष अगाडि

पर्सा प्रहरीले लागूऔषध र हातहतियार कारोबारमा संलग्न गिरोहलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक प्रहरी पनि छन् ।    उक्त गिरोहले पहिला हातहतियार किन्न सहयोग गर्ने र पछि लुट्ने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । गिरोहले काठमाडौं तथा विभिन्न स्थानबाट लागुऔषध तथा हातहतियार खरिद गर्न...

पुरा पढ्नुहोस्

शिकार खेल्दा आफ्नै साथीले चलाएको गोली लागी मृत्यु

४ बर्ष अगाडि

मोरङ केराबारी गाउँपालिका–३ का ३२ वर्षीय हस्तबहादुर राईको शिकार खेल्दा आफ्नै साथीले चलाएको भरुवा बन्दुकको गोली लागी मृत्यु भएको छ ।   गत बुधबार साँझ उनी स्थानीय बाँसघारी खोप सरकारी राष्ट्रिय वन जंगलमा सोही स्थानका ३७ वर्षीय गजेन्द्र राई र २६ वर्षीय रुबिन लिम्बूसँग शिकार खेल्न गएका...

पुरा पढ्नुहोस्

१९ जना जुवाडे पक्राउ

४ बर्ष अगाडि

कास्कीको पोखरा महानगरपालिका-२५ हेम्जा बस्ने याम गुरुङको गोठमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४५ वर्षीय छिरिङ नोर्बु समेत ८ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।   विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ३५ हजार ४ सय ६५ रुपैयाँ  र...

पुरा पढ्नुहोस्