
प्रहरीले अनलाइन बेटिङका दुईजना नाईकेलाई पक्राउ गरेको छ । उनीहरुले अनलाइन जुवा खेलाउने र नेपाली जुवाडेलाई सिक्किम देखि श्रीलंकासम्म पुु¥याएर घरबार बिहिनसम्म बनाउने गरेका थिए ।
महानगरीय अपराध महाशाखाले काठमाडौं सामाखुसीका आशिष अधिकारीको जाहेरीका आधारमा दिपक गुरूङ भन्ने प्युठानका डुबलाल घर्तिमगर र सुनिल पुनमगरलाई पक्राउ गरेको हो ।
यी दुबै बिरूद्व मोबाईल मार्फत अनलाइन जुवा खेलाई क्रिकेटको सट्टाबाजी गरी ठगी गरेको सम्बन्धमा अनुसन्धान गरी कानुनी कारवाही गर्न हुन भन्ने व्यहोराको दिल बहादुर बुढाथोकी (दमक), अमृत गुरूङ (पोखरा), मुकुन्द थापा (भक्तपुर), गणेश केसी (पेप्सिकोला), दिपेन्द्र राई (जोरपाटी) र मदन कार्की (काठमाण्डौ) ले गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, महानगरीय प्रहरी कार्यालय, सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग हरिहरभवन, अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, नक्साल र एउटा दैनिक पत्रिमा समेत बोधार्थ गरि निवेदन दिएका थिए ।
यसको जानकारी प्रहरी प्रधान कार्यालय मार्फत महाशाखाले पाएपछि २६ असोज देखि यी दुुबैको खोजी सुुरु भएको थियो ।
महाशाखाको अनुसन्धानमा यी दुईले बन्दाबन्दीमा विभिन्न प्रलोभन देखाई अनलाइन जुवा र सट्टा खेलाउने भन्दै हालसम्म ५० लाख रूपैयाँ भन्दा बढि रकम ठगी गरेको खुलेको छ। महाशाखाले उनीहरूलाई ८ लाख रूपैयाँ नगद र भारतीय आधार कार्ड सहित पक्राउ गरेको हो ।
अनुसन्धानमा दिपक गुरूङ भन्ने डुबलाल घर्तिमगर श्रीलंकन वेलिजबेट क्यासिनो अन्तर्गत नेपालमा ऐजेन्टको रूपमा रहेको खुलेको छ। उनका नाममा भारत सरकार आयकर विभागको स्थायी लेखा कार्ड र आधार कार्ड समेत जारी भएको छ।
उनले भारतको सिक्किम तथा गोवामा रहेका विभिन्न क्यासिनोहरू जुवा खेलाउने गरेको समेत अनुसन्धानमा खुलेको हो।
प्रहरीले सुनको तस्करीमा संलग्न मुख्य ब्यक्ति र त्यसका भरियालाई करिब १२ लाख नगद र एकसय पचास ग्राम सुन सहित नियन्त्रणमा लिएको छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit