Saturday, 28 June 2025 | २०८२ असार १४, शनिवार

नागमणि राखेर अर्वपति बन्छुभन्दा भएकै करोड पनि गुम्यो

नागमणि दिने भन्दै विभिन्न प्रलोभनमा पारी १ करोड ८९ लाख ५० हजार रुपैयाँ ठगी गरेको अभियोगमा ३ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा दैलेख नौमुले गाउँपालिका(४ घर भएका ३५ वर्षीय धनबहादुर रोका, सल्यान कुमाख गाउँपालिका–५ घर भएका ३१ वर्षीय कृष्ण शाह र सल्यान शारदा नगरपालिका–९ घर भएका ३० वर्षीय डिल्ली बहादुर बोहरा रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई ठगी गरेको ४० लाख रुपैयाँ सहित नेपालगञ्ज उपमहानगरपालिका–१ बाट पक्राउ गरेको हो ।
अनुसन्धानको क्रममा उनीहरूले दाङ घोराही उपमहानगरपालिका–१७ बस्ने माधवप्रसाद घिमिरेलाई हामीसँग बहुमुल्य नागमणि छ, उक्त नागमणि आफुसाथ राख्दा यसको धार्मिक महत्व हुनुका साथै व्यापार व्यवसाय राम्रो हुन्छ, घरमा लक्ष्मीको बास हुन्छ, परिवारका सदस्यको आयु लामो हुन्छ, घर परिवारमा सुखशान्ति, सम्बृद्धि हुन्छ भनि ललाई फकाई प्रलोभनमा पारी उक्त रकम ठगी गरेको खुल्न आएको जिल्ला प्रहरी कार्याालय बाँकेका प्रमुख एसपी ओम रानाले बताए ।  

यस सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै

राम्रो कामको प्रलोभनमा मुम्बईको बेश्यालयमा बेचबिखन

मानव बेचविखन अनुसन्धान ब्यूरोले २० वर्षकी महिलालाई भारतको मुम्बईस्थित बेश्यालयमा बेचबिखन गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । 

कार्तिक २०, २०७७

Flash News: एकतर्फी मायामा रहेका चिकित्सकले सूचना दिएर गरे आत्महत्याकाे प्रयास, यसरी भयाे उद्वार

ललितपुर प्रहरीले आत्महत्याका लागि विभिन्न थरिका आ‍ैषधी ओभरडाेज सेवन गरेर छटपटाई रहेका एकजना चिकित्सककाे मंगलबार मध्यराती उद्वार गरेकाे छ। उनकाे उपचार भइरहेकाे प्रहरीले जन...

कार्तिक २०, २०७७

दोस्रो पटकमा छोरी मार्न सफल एक क्रुर बाबु

जव प्रहरीले हत्याको सुपारी लिने सुराक पायो । तब प्रहरी स्पष्ट भयो , यो हत्या नेपालमा बिस्तारै झाङिगन थालेको ‘अनर किलिङ’ को हो भन्नेमा ।

कार्तिक २०, २०७७