Saturday, 28 June 2025 | २०८२ असार १४, शनिवार

Flash News: एकतर्फी मायामा रहेका चिकित्सकले सूचना दिएर गरे आत्महत्याकाे प्रयास, यसरी भयाे उद्वार

ललितपुर प्रहरीले आत्महत्याका लागि विभिन्न थरिका आ‍ैषधी ओभरडाेज सेवन गरेर छटपटाई रहेका एकजना चिकित्सककाे मंगलबार मध्यराती उद्वार गरेकाे छ। उनकाे उपचार भइरहेकाे प्रहरीले जनाएकाे छ।

 

महानगरीय प्रहरी कार्यालय रानीपाेखरी मार्फत ललितपुर प्रहरीकाे कन्ट्राेलमा एक युवतीले फाेन गरेर ती युवाले आत्महत्या गर्न लागेकाे सूचना दिएपछि महानगरीय प्रहरी प्रभाग इमाडाेलकाे टाेलीले उनकाे उद्वार गरेकाे हाे ।

 

महानगरीय प्रहरी परिसर ललितपुर एक अधिकारीका अनुसार प्रभागबाट प्रहरी निरीक्षक विजय तिमिलसैनाकाे कमाण्डमा रहेेेेकाेे टाेली सूूूूूचना पाएकाेे केही मिनेटमा घटनास्थल पुगेकाे थियाे।

 

 

युवाकाे यतिबेला किष्ट अस्पताल, ग्वार्काेमा उपचार भइरहेकाे छ। उनी खतरामुक्त रहेकाे प्रहरीले जनाएकाे छ। 

 

प्रहरीका अनुसार पर्सा घर भएका ती २९ वर्षीय युवा किष्ट मेडिकल कलेजबाट एमबीबीएस अध्ययन पूरा गरेर एमडीकाे तयारीमा थिए। 

 

महालक्ष्मी नगरपालिकामा डेरा गरिबस्ने उनी एक युवतीसँग एकतर्फी प्रेम सम्बन्धमा थिए।

 

मंगलबार ती युवतीकाे अन्य युवासँग विवाह भएपछि उनले एउटा सामाजिक सञ्जालमा आत्महत्याकाे पूर्व जानकारी दिएर त्यसकाे प्रयास गरेका थिए। 

 

साे सामाजिक सञ्जालमा रहेकी एक युवतीले जानकारी दिएपछि प्रहरी उद्वारमा सक्रिय भएकाे थियाे ।

 

आफै चिकित्सक रहेका उनले डेरामा राखिएका विभिन्न थरीका आ‍ैषधीका संयाैं गाेली खाएका थिए।

 

प्रहरीले घटनाकाे थप अनुसन्धान भईरहेकाे जनाएकाे छ। 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै

स्याङजामा एकै दिन समातिए १११ जना जघन्य अपराधका फरार अभियुक्त

स्याङजा प्रहरीले एकैदिन एकसय ११ जना विभिन्न जघन्य अपराधका अभियुक्तलाई पक्राउ गरेको छ । 

मङ्सिर १७, २०७७

बलात्कार गरेको भिडियो बनाएर ब्ल्याकमेलिङ

२२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अश्लिल भिडियो बनाई व्ल्याकमेलिङ गरेको अभियोगमा कल्याणपुर नगरपालिका-४ बस्ने २० वर्षीय अजय महरालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको...

मङ्सिर १७, २०७७

स्टार, ह्याम्स र निजी प्रयोगशालाहरुले कोभिड–१९ को नक्कली रिपोर्ट बनाउने गरेको खुलासा

हडकड, दुबई र जापान पुगेका यात्रुको हातमा कोभिड–१९ को नेगेटिभ र जाँजगर्दा पोजेटिभ रिपोर्ट

मङ्सिर १७, २०७७